“रोनाल्डोले अरु खेलाडीले गर्न सक्ने चीज निरन्तर गर्छन् तर मेस्सीले जे गर्छन् त्यो कसैले गर्न सक्दैनन्”

क्रिस्टियानो रोनाल्डो वा लियोनल मेस्सी? यो फुटबलमा विगत १५ वर्ष देखि सबैभन्दा ठूलो बहस भएको छ।

हामी सबैको आ-आफ्नै धारणा छ। जबकि यो सत्य हो कि हामीले दुबै खेलाडीहरूको सराहना गर्नुपर्छ र आनन्द लिनुपर्छ। धेरैले विगतमा यो बहसको जवाफ दिन प्रयास गरेका छन्, तर पूर्व लिभरपुल खेलाडी जेमी क्यारागरले यस्तो तर्क प्रस्तुत गरेका छन् जुन अन्य धेरै फुटबल प्रशंसकहरू पक्कै पनि पूरा मनले सहमत गर्नेछन्।

क्यारागर, जसले भर्खरै मात्र आफ्नो ४३ औं जन्मदिन मनाए, लाई स्पेनिस फुटबल विशेषज्ञ गुइलम बालागले पियोर फुटबल पोडकास्टमा यसबारे प्रश्न गरका थिए। जवाफमा क्यारागरले आफूले सधैं नै मेस्सीलाई रोनाल्डो भन्दा उत्कृष्ट फुटबलर मानेको तर रोनाल्डो प्रति उनको अझ धेरै सम्मान रहेको पनि खुलासा गरे।

“मेस्सी, मैले यो सोचलाई कहिले पनि परिवर्तन गरिन,” क्यारागरले शुरू गरे। “मलाई लाग्छ कि म यसमा बहुमतको साथ छु।” “मलाई लाग्छ मेरो रोनाल्डोप्रति सम्भवतः बढी आदर छ किनकी उनीमा अविश्वसनीय प्रतिभा त छ नै तर उसको मानसिकता, उसको ध्यान, उसको कामको दरले आज ऊ जे छ त्यो बनाएको हो,” क्यारागर भन्छन्।

“जब हामी सबैलाई लाग्छ रोनाल्डोले अब केहि गर्न सक्दैनन् वा मेस्सीले उनी भन्दा राम्रो खेलिरहेका छन्। त्यहि समयमा उनी बारम्बार पुनरागमन गर्छन् र केहि उत्कृष्ट गर्छन्,” उनले भने।

उनका अनुसार रोनाल्डोले अरु खेलाडीले पनि गर्न सक्ने चीज गर्छन् तर बारम्बार र लगातार गरिरहछन् तर मेस्सीले जे गर्छन् अरु कोहि खेलाडीले गर्न नसक्ने र सबैलाई अचम्ममा पार्ने चीज गर्छन्। उनले भने, “म के भन्छु भने रोनाल्डोले अन्य खेलाडीहरूले गर्न सक्ने काम गर्छन् तर उनले ती कुरा लगातार र अधिक पटक गर्छन् तर मलाई लाग्छ मेस्सीले त्यस्ता कामहरू गर्छन् जुन अन्य खेलाडीहरूले गर्न सक्दैनन्।”

रोनाल्डोले थुप्रै उत्कृष्ट गोल गर्छन् जुन अरु खेलाडीले पनि गर्न सक्छन् तर निरन्तर रूपमा गर्छन् तर मेस्सीले जसरी बल नियन्त्रण गर्छन्, जसरी ड्रिबल गर्छन्, उनको पास… सायद नै कसैले गर्न सक्छ, क्यारागरको भनाइ छ।

प्रकाशित : मङ्गलबार, माघ २०, २०७७१७:०३

बार्सिलोनाले मेस्सीलाई पहिले नै नबेचेर गल्ती गर्यो, अब कुनै आशा नराख्दा हुन्छ: रिभाल्डो