कस्ताबाट कस्ता भए यी बलिउड स्टार किड्स, सारा र जान्हवी यस्ता थिए भन्दा अचम्म लाग्नेछ !

एजेन्सी : बलिउडमा अहिले स्टारकिड्सको बोलबाला छ। थुप्रै स्टार किड्सले फिल्ममा कदम राखिसकेका छन् भने केही चाँडै डेब्यु गर्ने वाला छन्। शाहरुख खानकी छोरी सुहाना होस् या सैफ अलि खानका छोरा इब्राहिम अलि खान, यी दुवैलाई पर्दामा हेर्नका लागि प्रशंसक आतुर छन्। स्टारका एक अर्को पिढी फिल्मी दुनियाँमा कदम राख्ने तयारीमा छन्। तीमध्ये अधिकांस स्टार किड्स बच्चै देखि मिडियाको नजरमा पर्दै आएका छन्। स्टार किड्स उमेरसँगै निकै स्टाइलिश र बोल्ड लुकमा देखिन् थालेका छन्। आज हामी तपाईलाई स्टारकिड्सका पुरानो र अहिलेको तस्बिर देखाउनेछौँ।

सुहाना खान

शाहरुख खान र गौरी खानकी सुपुत्री सुहाना खान चाँडै बलिउडमा डेब्यु गर्दै छिन्। अहिलेसम्म सुहाना थुप्रै फोटोशूट र शर्ट फिल्महरुमा देखिसकेकी छिन्।

इब्राहिम अली खान

सैफ अलि खानका छोरा इब्राहिम अलि खान हेर्दा हुबहु आफ्नो पिता जस्तै देखिन्छन्। दुवैको लुकमा यति धेरै समानता छ कि एक-अर्कालाई कार्बन कपी भन्दा कुनै गलत हुँदैन।

निसा देवगन

अजय देवगन र काजोल आफ्नो बच्चालाई लाइमलाइटबाट कोसौँ दूर राख्छन्। सामाजिक सञ्जालमा उनकी छोरी निसा निकै चर्चित छिन्। हाल उनी सिङ्गापूरमा पढिरहेकी छिन्।

आर्यन खान

शाहरुख खान र गौरी खानका छोरा आर्यन एक चर्चित स्टार किड हुन्। आर्यनको लुक आफ्नो पिता शाहरुख जस्तै छ। बलिउडमा उनको डेब्यु बारे कुरा गर्दा शाहरुखले धेरै पटक भनिसकेका छन् कि आर्यनको अभिनेता बन्ने कुनै रुचि छैन।

जान्हवी कपूर

श्रीदेवी र बोनी कपूरकी जेठी छोरी जान्हवी कपूरले फिल्म ‘धडक’ बाट बलिउडमा कदम राखिसकेकी छिन्। अहिले उनी लगातार एक पछि अर्को गर्दै विभिन्न प्रोजेक्ट्समा व्यस्त छिन्। जान्हवी अहिलेको समयको लोकप्रिय अभिनेत्री मध्ये एक हुन्।

खुशी कपूर

श्रीदेवी और बोनी कपूरकी कान्छी छोरी खुशी कपूर पनि चाँडै फिल्म क्षेत्रमा प्रवेश गर्दै छिन्। पछिल्लो केही खबरहरु अनुसार बोनी कपूर खुशीलाई लन्च गर्ने तयारीमा छन्।

सारा अली खान

सैफ अली खान र अमृता सिंहकी छोरी सारा अलि खानले कम समयमै बलिउडमा आफ्नो छाप छोडेकी छिन्। साराले आफ्नो ट्रान्सफर्मेशन लुकले पनि सबैलाई अचम्मित पारेकी थिईन्।

प्रकाशित : मङ्गलबार, माघ २०, २०७७१९:०८

इगोको कारणले ऐश्वर्या र मणिरत्नमबीच भएको थियो लफडा, रोकिएको थियो शूटिङ