नेप्से परिसूचक नेपाल शेयर बजार इतिहासमै पहिलो पटक २५०० अंक भन्दा माथि !

नेपाल शेयर बजार इतिहासमै पहिलो पटक नेप्से परिसूचक २५०० अंक भन्दा माथि पुगेको छ।

मंगलबारको दिन २४७३.७३ मा बन्द भएको परिसूचक बुधबार कारोबार खुलेको दुई मिनेटमै एतिहासिक विन्दुमा पुगेको हो।

हिजो मंगलबार नेपाल स्टक एक्सचेञ्जका अनुसार ६५.४९ अङ्कले सुधार आई नेप्से दुई हजार ४७३.७३ मा पुगेको थियो । त्यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १४.१० अङ्कले वृद्धि भई ४५१.३८ मा पुगेका थिए । कूल २०० कम्पनीको एक करोड ५३ लाख २५ हजार ६२३ कित्ता शेयर रु आठ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९८७ मूल्यमा खरिद बिक्री भएका थिए ।

प्रकाशित : बुधबार, माघ २१, २०७७११:२५

संवैधानिक निकायका पदाधिकारीको सपथ ग्रहणमा गएनन् उपराष्ट्रपति र सभामुख !