संवैधानिक निकायका पदाधिकारीको सपथ ग्रहणमा गएनन् उपराष्ट्रपति र सभामुख !

संवैधानिक आयोगमा नियुक्त भएका पदाधिकारीहरुको सपथ ग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएका छन् । बुधबार राष्ट्रपति कार्यलय शितलनिवासमा भएको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति र सभामुख सापकोटा अनुपस्थित रहे।

बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नवनियुक्त पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराएका हुन्। संवैधानिक परिषद्को गत मङ्सिर ३० र पुष ५ गतेको बैठकले रिक्त विभिन्न पदमा नियुक्तिका लागि नाम सिफारिस गरेको थियो ।

गएको मंसिर २९ गते संवैधानिक परिषद्सम्बन्धी ल्याइएको अध्यादेशपछि बसेको बैठकले त्यस्तो सिफारिस गरेको थियो । उक्त सिफारिस असंवैधानिक भन्दै दायर रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।

संवैधानिक आयोगका ३८ पदाधिकारीले लिए सपथ

संवैधानिक निकायमा सिफारिश गरिएका पदाधिकारीहरुले आज बिहान शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शितलनिवासमा भएको एक कार्यक्रममा नवनियुक्त पदाधिकारीलाई शपथ गराइएको हो । संवैधानिक निकायमा सिफारिश भएका ४५ जनामध्ये ३८ जनाले शपथ लिएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नवनियुक्त पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराएका हुन्। त्यस्तै, संवैधानिक निकायका अध्यक्षहरुले सदस्यहरुलाई पनि शपथ गराएका छन्।

संवैधानिक परिषद्को गत मङ्सिर ३० र पुष ५ गतेको बैठकले रिक्त विभिन्न पदमा नियुक्तिका लागि नाम सिफारिस गरेको थियो ।

प्रकाशित : बुधबार, माघ २१, २०७७१२:३०

भोलि प्रचण्ड र माधव नेपाल समूहले आमहड्ताल गर्ने!