काठमाडौँ, माघ २१। गायिका अन्जु पन्तले बिहे गर्ने भएकी छिन्। पन्तको केहि समय देखि विवाहको चर्चा भैरहेको थियो। अन्जु पन्तले पनि केहि समय अगाडी दिएको अन्तर्वार्तामा छोरी परितोशिकाले आफुलाई हरेक दिन विवाह गर्नुपर्छ बह्नेर दबाब दिन लागेपछि आफू यस बिषयमा सकारात्मक भएकी बताएकी थिइन् । त्यसको केहि समयमा नै उनको प्रेमी पनि सार्वजनिक भएको छ।

गायिका अन्जु पन्त र इलामका थिर कोइराला एक वर्षदेखि प्रेममा थिए । अन्जु र थिरको भेट एक अन्तर्वार्ताको क्रममा भएको थियो । उनीहरु दुवै क्रिश्चियन धर्ममा आस्था राख्छन् ।अन्जु पन्तले गएको केही गीतमा थिरले शब्द समेत कोरेका छन् । थिरले आफ्नो सामाजिक संजालमा अन्जुका केहि तस्विर समेत सेयर गरेका छन्। अन्जुले पनि थिरको केहि फेसबुक पोस्टमा कमेन्ट गर्ने गरेकी छिन् ।

अन्जु र थिर चाडैले आफुहरु विवाह गर्ने तयारीमा नभए पनि बजारमा आएको हल्लाले दबाब भएको बताएका छन्। विवाह चाँडै पनि हुन सक्छ र केही समय पनि लाग्न सक्ने थिरले बताएका छन्। तर उनीहरुको योजना भने अर्को वर्ष विवाह गर्ने थियो।

