नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले काठमाडौँ उपत्यकामा मोटरसाइकल र्याली निकालेको छ । माघ २२ गते बिहिबार प्रचण्ड-नेपाल पक्षले नेपाल बन्द गर्ने घोषणा गरेसँगै ओली पक्षले बुधबार मोटरसाइकल र्याली निकालेको हो । र्यालीमा सहभागीहरुले प्रधानमन्त्री समेत रहेका ओलीको तस्बिर बोकेर उपत्यका घुमाएका थिए ।
र्याली ललितपुर र काठमाडौँको सीमा बालकुमारी पुलबाट सुरु भएको थियो जुन सातादोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, थापाथली हुँदै रत्नपार्क पुगेर समाप्त भएको थियो ।








