काठमाडौँ, माघ २१ । अभिनेत्री सुष्मा कार्कीले मंगलबार महानगरिय प्रहरी वृत्त, दरबारमार्गमा अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइली विरुद्ध उजुरी दिएकी थिइन् । अहिले यो घटना सहमतिमा टुंगिएको छ।
आफू माथि दु-र्व्यवहार गरेको भन्दै कार्कीले प्रहरीमा उजुरी दिएकी हुन्। सोमबार साँझ दरबारमार्गस्थित लण्डन पब क्याफेमा आफूलाई श्वेताकी बहिनि आरती खड्काले कु-टपिट गरेको र पत्रकार उत्सव रसाइलीले गालीगलौज तथा दु-र्व्यवहार गरेको कार्कीको आरोप थियो ।
नायिका कार्कीको मौखिक उजुरीकै आधारमा प्रहरीले प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो। बुधबार दिउसो प्रहरी वृत्तमा भएको छलफलपछि पत्रकार उत्सव रसाइली र आरतीले माफी मागेर विवाद टुंग्याएका छन्।