एजेन्सी – बलिउड अभिनेत्री मलाइका अरोडा र अभिनेत्री अनन्या पाण्डे यति बेला चर्चामा छन्। उस्तै तस्विर सार्वजनिक गरेका कारण मलाइका र अनन्या दुवैको सामाजिक संजालमा चर्चा छ।

सार्वजनिक भएका तस्विरहरुमा दुवै उस्तै अवतारमा देखिएका छन्। दुवैका तस्विर एकै दिन इन्स्टाग्राम मार्फत सार्वजनिक भएका हुन्। सार्वजनिक भएका तस्विरहरुमा दुवै अभिनेत्री उस्तै-उस्तै देखिएका छन्।

बलिउडकी चर्चित फेसन डिजाइनर अर्पिता मेहताको ब्राण्डले १० वर्ष पूरा गरेको अवसरमा खिचिएका ती तस्विरहरुमा मलाइका र अनन्या एक अर्कालाई टक्कर दिरहेका जस्तै देखिएका छन्।

दुवैका तस्विरमा प्रतिक्रिया जनाउँदै धेरै सामाजिक संजाल प्रयोगकर्ताहरुले एक-अर्कालाई टक्कर दिएको हो भन्दा प्रश्न गरेका छन्। त्यस्तै केहिले भने मलाइका अहिले सम्मकै हट देखिएको भन्दै प्रतिक्रिया जनाएका छन्। अनन्यालाई पनि इन्स्टाग्राममा उस्तै प्रतिक्रिया मिलेका छन्।

दुवै अभिनेत्रीहरु सामाजिक संजालमा सक्रिय छन्। फलोवर्सका कुरा गर्नुपर्दा मलाइका भन्दा अनन्या केहि अगाडी देखिन्छिन्। इन्स्टाग्राममा अनन्यालाई १ करोड ६० लाख भन्दा बढीले पछ्याएका छन् भने मलाइकालाई पछ्याउनेको संख्या १ करोड २३ लाख भन्दा बढी छ।

बलिउडमा केहि वर्ष अगाडी मात्र डेब्यु गरेकी अनन्या प्राय ट्रोलको शिकार हुने गरेकी छन्। केहि समय अगाडी मात्र उनले आफू ट्रोललाई बेवास्ता गर्न सिक्दै गरेको बताएकी थिइन्। अनन्या छिट्टै चलचित्र जगन्नाथमा देखिँदै छिन्।
View this post on Instagram
View this post on Instagram
