एजेन्सी – यसो सोच्नुस् त, चितुवाले कुकुरलाई एक्लै भेट्यो भने के गर्छ होला ? के सोच्नु भयो ? पक्कै पनि आक्रमण गरेर खान्छ भन्ने त सोच्नुभयो होला। तर, भारतमा तपाई र हामीले सोचे भन्दा फरक घटना घटेको छ।
घटना भारत कर्नाटक दक्षिण कन्नडको हो। त्यहाँ एक शौचालयमा चितुवासँगै एक कुकुर थुनिएको थियो। कयौं घण्टा पछि पनि उक्त कुकुर त्यहाँबाट सकुशल निस्किन सफल भयो। सामाजिक संजालमा अहिले उक्त कुकुर र चितुवाको तस्विर भाइरल भइरहेको छ।
के हो घटना ?

भारतीय वन अधिकारी प्रवीण कासवानले ट्वीटरमा एक तस्विर राखेका छन्। तस्विरमा एक चितुवा र कुकुर देखिन्छन्। कासवानका अनुसार उक्त कुकुर र चितुवा कयौं घण्टा देखि उक्त शौचालयमा थिए।
बताइएअनुसार राति कुकुरको पछि-पछि आएर चितुवा रातभर त्यहिँ बसेको थियो। बिहान घरकी एक महिलाले शौचालयमा कुकुर र चितुवा देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपश्चात प्रहरीले भारतीय वन विभागमा खबर गरेको थियो।
भारतीय वन विभागका अधिकारीहरु त्यहाँ पुगेर शौचालयको छत हटाएर चितुवालाई त्यहाँबाट उद्धार गरेका थिए। चितुवालाई त्यहाँबाट हटाउने अधिकारीहरुपनि कुकुरलाई चितुवाले किन आक्रमण गरेन भने अचम्मित छन्।
Every dog has a day. Imagine this dog got stuck in a toilet with a leopard for hours. And got out alive. It happens only in India. Via @prajwalmanipal pic.twitter.com/uWf1iIrlGZ
— Parveen Kaswan, IFS (@ParveenKaswan) February 3, 2021