काठमाडौं । ‘प्रधानमन्त्री ओलीले संविधानलाई कुल्चिएकाले प्रतिवाद स्वरुप आम जनतालाई समयमै सचेत गराउन बन्द गर्नु परेको हो’,नेकपाका एक समुहका अध्यक्ष माधवकुमार नेपालले बन्दका दिन सञ्चारकर्मीसँग भने । यद्यपी उनि आफै भने स्कुटरमा निस्किएका थिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
दाहाल–नेपाल समुहले एक्कासी गरेको नेपाल बन्दका कारण विहिवार दिनभर आमसर्वसाधारणले सास्ती खेप्नुपर्यो । आफ्नो गन्तब्यमा हिडेका सर्वसाधारणका सवारी रोकिए भने ट्याक्सी मजदूरले चलाईरहेका ट्याक्सीमा आगजनी र कयौं सवारी साधनमा तोडफोड समेत भए । विराटनगरमा पूर्वमन्त्री शिवकुमार मण्डल नेतृत्वमा आएको टोलीले सामान्य चियापसल गरेर बसेका आमाछोरीलाई ता’तो ते’ल ख”’न्याएर पसलमा तोडफोड गरे ।
जनताकै लागि भनेर सो समुहले बन्द गरेपनि दिनभर सर्वसाधारण जनतालाई नै सास्ती दिईरहे । देशका विभिन्न भागमा बन्द गराउदै हिडेको भेटियो भने कतिपय ठाउँमा नमान्दा तोडफोड समेत गरेका छन् । जनताका लागि आन्दोलन गरेको भनेका उनीहरूले सर्वसाधारणका ट्याक्सी, मोटरसाइकल जलाइदिएका छन् । सो समुहले प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा विहान गोगंबु चोकमा चालकलाई भित्रै राखेर आगो लगाईदिएका थिए । चालक कुम्भनारायण श्रेष्ठ गाडीभित्रै रहेको अवस्थामा पेट्रोल छर्किएर आगो लगाएका थिए ।
तर, उनीहरूका नेता भने विरोध प्रदर्शनको निरीक्षण गर्न भन्दै आफैं गाडी चढेर काठमाडौं सयर गरेका थिए । नेकपा अध्यक्ष दाहाल बा१७च ३०७१ नम्बरको ल्याण्ड क्रुजर गाडी चढेर ललितपुरको पुलचोक पुगेका थिए । त्यहाँ उनी गाडीबाट ओर्लिएर बीच सडकमा केही समय पलेटी कसेर बसेका थिए । त्यहा अलिकति चिउरा खाएपछि उनि फेरी गाडी चढेर जावलाखेलतर्फ लागेका थिए । त्यहाँ उनले सडकमै बसेर बन्दकर्ताको नेतृत्व गरेका थिए । उनीसागै पम्फा भुसाललगायत नेता–कार्यकर्ता पनि सहभागी थिए । एमसीसी विरोधी नारा लागेपछि दाहाल आन्दोलन स्थल छाडेर अर्को तर्फ सहभागी हुन पुगेका थिए ।
माधव नेपाल भने केही ठाउँमा गाडी र केही ठाउँमा कार्यकर्ताको स्कुटरमा सवार भएर आम हड्तालको अनुमगन तथा धर्नामा सहभागी भएका थिए । आमहड्ताल सफल बनाउन दाहाल–नेपाल समूहले काठमाडौका प्रमुख स्थानका लागि कमाण्डर नै तोकेको थियो । जस अनसार युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकीमा तोकिएकामा शाक्यलाई बिहानै प्रहरीले पक्राउ गरेको थियो ।
संवैधानिक निकायमा असंवैधानिक तरिकाले नियुक्त गरिएको भन्दै गरेको आम हड्तालमा जनकपुरधाममा प्रहरी र बन्दकर्ताबीच झडप हुँदा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । घाइते हुनेमा केही प्रहरीसमेत छन् । झडपमा घाइते भएका चारजनालाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ । झडपमा घाइते भएका पूर्वमन्त्री रामचन्द्र झा र मातृका यादवका साथै शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया र नेकपा कार्यकर्ता प्रदिप साहलाई थप उपचारको लागि काठमाडौँ ल्याइएको हो । काठमाडौँ उपत्यकामा उक्त समूहका नेता तथा कार्यकर्ताहरु सडकमा उत्रिएका थिए ।
प्रहरी प्रधान कार्यालयका अनुसार तोडफोड तथा बन्द गराउँदै हिँडेका एक सय ८४ जनालाई पक्राउ गरिएको छ । सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ८७ जना पक्राउ परेका छन् । प्रदेश–१ मा १८, प्रदेश–२ मा ५२, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा १६ र लुम्बिनी प्रदेशमा १६ जना पक्राउ परेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने एकजना पनि पक्राउ नपरेको र त्यहा भने मुख्यमन्त्री नै बन्द गराउन सडकमा आएका थिए ।
यसैगरि बिहीबार देशभर १७ स्थानमा तोडफोडमा घटनाहरु भएका छन् । प्रदेश–१ मा ५, प्रदेश–२ मा ३, बागमती प्रदेशमा ४ र काठमाडौँ उपत्यकामा ५ वटा तोडफोडका घटना भएको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए । बन्दलाई असफल पार्न प्रधानमन्त्री ओलीनिकट समूहहरु ठाउँ–ठाउँमा सडकमा निस्किए पनि सुरक्षा निकायले त्यसलाई सफल रुपमा व्यवस्थापन गरेको थियो ।

