सूर्य, बुध, गुरु, शुक्र र शनि जस्ता विशाल ग्रहहरू एक साथ मकर राशिमा गोचर गर्नाले ब्रह्माण्डमा पञ्चग्रही योग बनिरहेको छ जुन फेब्रुअरी १२ सम्म चल्नेछ। मेदिनी ज्योतिषको लागि त यो योगले अप्रत्याशित परिणाम दिनेछ किनकि पृथ्वीको मौसममा ठूलो फेरबदल हुन सक्छ। यो जनताको लागि पनि धेरै राम्रो भन्न सकिदैन किनकि यी सबै ग्रह शनिको साथमा मकर राशिमा रहनाले सबै ग्रहहरू पीडामा छन्। जबसम्म सूर्य यी ग्रहहरूसँग रहन्छ, यी ग्रहहरूले आफ्नो पूर्ण परिणामहरू देखाउन असफल हुनेछन्। त्यसैले जनताले कतै कठिनाइहरूको सामना गर्नुपर्ने हुनसक्छ। सबै १२ वटै राशिमा यो योगको प्रभाव पर्नेछ।
मेष राशि
राशिको कर्मभावमा बनेको यो योगले तपाईंका लागि सफलताका ढोका खोल्नेछ। आमाबाबुसँगको सम्बन्धमा कटुता आउन सक्छ, यसलाई बढ्न नदिनुहोस्। घर गाडी खरीदको योग रहेको छ। कार्य-व्यापारको दृष्टिकोणबाट समय अत्यन्त शुभ रहनेछ। सरकारी विभागमा लामो समयदेखि प्रतिक्षा गरिएको कामको समाधान गरिनेछ। रोजगारमा पदोन्नति मिल्ने सम्भावना छ।
वृष राशि
राशिको भाग्यभावमा बनेको यो योगले मिश्रित फल दिनेछ। धर्मको मामिलामा गहिरो चासो हुनेछ। तपाईं सामाजिक सेवाका बारे पनि सचेत रहनुहुनेछ। विदेशी कम्पनीहरूमा सेवा वा विदेशी नागरिकताका लागि गरिएको आवेदन सफल हुनेछ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ। नवदम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ। विद्यार्थीहरूको लागि समय बढी अनुकूल हुनेछ।
मिथुन राशि
राशिको अष्टम भावमा बनेको पञ्चग्रही योगले तपाईंलाई अधिक अस्थिरता र अप्रत्याशित परिणाम दिनेछ। केहि कामका अवरोधले मानसिक तनाव पनि बढ्नसक्छ, विवादका विषयहरू आपसमा समाधान गर्नुहोस्। समय स्वास्थ्यको दृष्टिकोणबाट प्रतिकूल हुनेछ, तर समाजमा प्रभुत्व बढ्नेछ। गुप्त शत्रुसँग सावधान रहनुहोस्।
कर्कट राशि
राशिको सप्तम भावमा बनेको यो योग कार्य-व्यवसायको हिसाबले राम्रो सफलता दिनेछ तर विवाहसँग सम्बन्धित वार्तालापमा केही ढिलाइ हुनेछ। सरकारी क्षेत्रमा समय अत्यन्त अनुकूल रहनेछ। जग्गा-जमीन तथा सम्पति सम्बन्धित समस्याको समाधान गरिनेछ। आफ्नो योजना तथा रणनीति गोप्य राखेर काम गर्ने हो भने सफलता मिल्ने सम्भावना उच्च रहनेछ।
सिंह राशि
राशिको छैठौं भावमा निर्मान् भएको पञ्चग्रही योगले तपाईंको जीवनमा निकै उतार-चढाव ल्याउँनेछ। गोप्य दुश्मनहरू पराजित हुनेछन्। स्वास्थ्यमा प्रतिकूल असर पर्नेछ। कुनै प्रकारको ऋणमा फस्नबाट जोगिनुहोस्। यस अवधिमा कसैलाई अधिक पैसा ऋण नदिनुहोस्, अन्यथा दिइएको पैसा फिर्ता आउने सम्भावना कम छ। विदेशी साथीहरूबाट सहयोगको अपेक्षा राख्न सकिन्छ।
कन्या राशि
राशिको पञ्चमभावमा बन्ने पञ्चग्रही योग विद्यार्थी वर्गको लागि कुनै वरदान भन्दा कम साबित हुनेछैन, तर निकै समझदारीका साथ आफ्नो काम पूरा गर्नुपर्ने हुन्छ। व्यापारीहरुका लागि यो समय तुलनात्मक रूपमा अनुकूल रहनेछ। प्रेम सम्बन्धित मामिलामा उदासीनता रहनेछ। सन्तान सम्बन्धि चिन्ता पनि मनमा रहनेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ।
तुला राशि
राशिको चतुर्थ भावमा बनेको यो योगले परिवारमा कलह तथा अशान्तिको सामना गराउन सक्छ। घर जग्गा सम्बन्धित समस्याको समाधान हुनेछ। घर तथा वाहन खरिद गर्ने सपना पूरा गर्न सकिन्छ। कार्यक्षेत्रमा पदोन्नतीका साथै नयाँ अवसरहरु प्राप्त हुनेछ। समाजका प्रतिष्ठित व्यक्तिहरूसँगको सम्बन्ध बढ्नेछ। सामाजिक जिम्मेवारी बढ्नेछ।
वृश्चिक राशि
राशिको पराक्रमभावमा बनेको यो योगले तपाईंको पराक्रम तथा साहस वृद्धि हुनुका साथै सामाजिक पद-प्रतिष्ठा पनि बढ्नेछ। मनचाह सफलता प्राप्त हुनेछ तर परिवारका जेष्ठ सदस्यहरू र भाइहरूबीच मतभेद बढ्न नदिनुहोस्। यदि तपाईं आफ्नो जिद्दी र रिसलाई नियन्त्रणमा राखेर काम गर्नुहुन्छ भने, तपाईं पूर्ण रूपमा सफल हुनुहुनेछ।
धनु राशि
राशिको धनभावमा बनेको योगले तपाईंलाई अप्रत्याशित परिणाम दिनेछ। कुनै कारणले गर्दा पारिवारिक कलह र मानसिक अशान्तिको सामना गर्नु पर्नेछ, जसले स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्न सक्छ। आर्थिक पक्ष भने मजबूत रहनेछ। घर जग्गा सम्बन्धित समस्याको समाधान हुनेछ। घर वा गाडीको खरीदको योग रहेको छ।
मकर राशि
स्वराशिमा बनेको पञ्चग्रही योग तपाईंको लागि कुनै वरदान भन्दा कम हुनेछैन। यदि तपाईं आफ्नो ज्ञान र दक्ष रणनीतिहरूको साथ काम गर्नुहुन्छ भने, तपाईं पूर्ण रूपमा सफल हुनुहुनेछ। अन्यथा यति धेरै ग्रहहरूको उर्जा कहिलेकाहीं व्यक्तिलाई आफ्नो काममा उल्झन निम्त्याउन सक्छ। विद्यार्थीहरूले धैर्यताका साथ आफ्ना कार्यहरू गर्नु पर्छ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ।
कुम्भ राशि
राशिको हानिभावमा बनेको यो योगले अधिक भागदौड निम्त्याउनुका साथै खर्चमा पनि वृद्धि गराउनेछ। आर्थिक संकटको पनि सामना गर्नुपर्नेछ। आर्थिक लेन-देन गर्दा विशेष सावधानी अपनाउनु होला। विदेश यात्रा र यात्रा सम्बन्धित अवरोधहरू दूर गर्न सकिन्छ। दाम्पत्य जीवनमा समय त्यति अनुकूल नरहला।
मीन राशि
राशिको लाभभावमा बनेको पञ्चग्रही योगले तपाईंलाइ थुप्रै लाभ दिनुका साथै आयका स्रोत पनि बढाउनेछ। दैनिक व्यापारीहरूको लागि समय वरदान भन्दा कम हुनेछैन। त्यसकारण, तपाईंको काम व्यवसायमा अधिकतम समय समर्पित गर्नुहोस्। समय विद्यार्थीहरूको लागि पनि धेरै अनुकूल रहनेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ।