काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटा शुक्रबार आफैं सर्वोच्च अदालत पुगेका छन्। संवैधानिक आयोगहरूमा सरकारले गरेका नियुक्ति विरुद्ध रिट दायर गर्न सभामुख शुक्रबार आफैं सर्वोच्च पुगेका हुन्।
सर्वोच्च अदालतको मुद्दा महाशाखा पुगेर सापकोटाले निवेदन समेत पेस गरिसकेका छन्। निवेदन पेस गर्दै सभामुखले संवैधानिक परिषद्को पुस ५ गतेको निर्णय बदर गर्न माग गरेका छन् । उक्त निर्णयका आधारमा संवैधानिक आयोगहरुमा भएको नियुक्तिको बदर गर्न पनि सापकोटाको माग छ।
सरकारको कदम विरुद्ध रिट दायर गर्न सभामुख सापकोटाका आलावा शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि सर्वोच्च पुगेका छन्।

