बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेका अनुसार लालिगाका प्राय: रेफ्री जति नै प्रोफेसनल भएपनि रियल म्याड्रिडको पक्षमा रहेका आरोप लगाएका छन्। एल क्लासिको प्रतिद्वन्द्वामा अधिकारीहरुबाट पक्षपातको आरोप कुनै नयाँ कुरा छैन, र पिके आफैले विगतमा पनि यस बारेमा गुनासो गरिसकेका छन्।
“अर्को दिन एक पूर्व रेफरीले भने कि ८५ प्रतिशत रेफ्री म्याड्रिडबाट छन्,” पिकले पोष्ट युनाइटेडसँग एक अन्तर्वार्तामा भने, “म्याड्रिडबाट भएपछि कसरी उनीहरुले म्याड्रिडको समर्थन गर्दैनन् भन्न सकिन्छ ?” “म रेफ्रीको व्यवसायिकताको सम्मान गर्छु र मलाई थाहा छ कि उनीहरू उत्तम काम गर्ने कोशिस गर्छन्, तर जब शंकाको क्षण आउँछ …..”
यस सिजन अहिलेसम्म म्याड्रिड र बार्साको लिगमा नजिकको समान अनुशासनिक रेकर्ड छ, दुबै टोलीले ३६ पहेंलो कार्ड पाएका छन् भने म्याड्रिडले एक रातो कार्ड पनि पाएको छ। २०१९-२० सिजनमा भने रियलले बार्साको ८३ पहेंलो कार्डको तुलनामा ७२ पहेंलो कार्ड पाएको थ्यो भने दुबै टोलीका ३-३ खेलाडीले रातो कार्ड पाएका थिए।