मेस्सी भर्सेस रोनाल्डो: गोल नगरेको खेलमा एक बाघ नै रहन्छन्, एक भने बिलाउँछन् !

यो त सबैले अनुमान गरेका थिए कि करियर अगाडी बढ्दै जाँदा लियोनल मेस्सी डिपर भूमिकामा देखिनेछन्। फुटबल इतिहासमा सर्वश्रेष्ठ गोलकर्ताहरू मध्य एकको रूपमा आफूलाई स्थापित गरेका मेस्सीमा गोल गर्ने क्षमता बाहेक पनि थुप्रै विशेष गुण छन्।

मेस्सी सधैं फुटबलका उत्कृष्ट पासर हुन् भने उनको भिजन र बल नियन्त्रण अतुलनीय छ। त्यसैले, आजकल उनलाई प्राय: मिडफिल्डबाट खेल नियन्त्रण गरेको देख्नु कुनै नौलो कुरा होइन। उनले गत वर्ष अब आफूले बढी गोल गर्नमा भन्दा पनि टिमको लागि कसरी धेरै योगदान पुर्‍याउन सकिन्छ भन्ने बारे सोच्ने कुरा पनि स्वीकार गरिसकेका छन्।

“अहिलेको समयमा म गोलका लागी कम पागल छु,” उनले अक्टोबरमा गोललाई भने, “म टिमको प्रयासमा सकेसम्म धेरै योगदान पुर्‍याउन कोशिश गर्छु।” पटकका ब्यालुन डी ओर विजेता मेस्सी अहिले पनि निरन्तर रूपमा गोल गरिरहेका छन्। तर उनले अहिले पहिले जस्तो आय हप्ता ३, ४, ५ गोल प्रति खेल भने गर्न सक्दैनन् र उनी यसमा पनि निकै सन्तुष्ट छन्।

बार्सिलोनाले बुधवार रात ग्रानाडा माथि ५-३ को रोमान्चक जित निकाल्दै कोपा डेल रेको सेमीफाइनलमा प्रवेश गर्न सफल भयो। मेस्सीको नाम गोलोकर्ताको नाममा थिएन तर यसले उनलाई ‘म्यान अफ द म्याच’ प्रदर्शन गर्नबाट भने रोकेन। सोफास्कोरले मेस्सीलाई १०/१० को रेटिंग दियो। मेस्सीको नाममा १५५ टच, ८६ सटिक पास, १० की पास, ९ ड्रिबल र ७ सट अन टार्गेट थियो।

उनको हिट म्यापले देखाउँछ कि उनी कति खतरनाक थिए…..

यस्तोमा अहिले इन्टरनेटमा गोल नगरेको खेलमा रोनाल्डो र मेस्सीको प्रभावकारिताको बारेमा फेरी एकपटक चर्चा बनेको छ। यस्तोमा हामीले गोल नगरेको अवस्थामा रोनाल्डो र मेस्सी दुबैको हिट म्यापको तुलना गरेका छौं। हामी सबैले मान्नु पर्छ कि रोनाल्डोले थुप्रै महत्वपूर्ण खेलमा थुप्रै महत्वपूर्ण गोल गरेका छन्। यो भन्दै गर्दा यो भन्नु अनुचित हुँदैन कि अलराउन्ड खेल हेर्दा मेस्सी रोनाल्डो भन्दा निकै उत्कृष्ट छन्।

रोनाल्डो एक उल्लेखनीय गोल स्कोरर हुन्: सम्भवत फुटबल इतिहास मै सबैभन्दा उत्कृष्ट। मेस्सीको विपरित रोनाल्डो अहिले पनि उल्लेखनीय रूपमा गोल गरिरहेका छन्। उनी अहिले पनि गोल मात्र गर्न चाहन्छन्। यसको उदाहरण देख्न सकिन्छ: हप्ताको सुरुवातमा जब आद्रे पिरलोले उनलाई मैदान बाहिर निकाल्दा उनको मुहारको असन्तुष्टि जब उनी ह्याट्रिक गर्ने स्थितिमा थिए।

आफ्नो करियरको शिखरमा हुँदा यी दुई खेलाडीले गोल नगरेको खेल सायद नै हुन्थ्यो। तर अहिलेको समयमा यी दुईले बढ्दो उमेरका साथ पहिलोको जस्तो गोल गर्न नसक्नु सामान्य नै हो। यस्तोमा गोल नगरेको खेलमा दुबैको हिट म्याप हेर्ने हो भने यो देख्न सकिन्छ कि रोनाल्डोले टिमको लागि धेरै योगदान पुर्याउन असफल हुन्छन् भने मेस्सी टिमको प्राय: आक्रमणमा सम्मिलित हुन्छन्, डिफेन्समा पनि ठूलो योगदान दिन्छन्।

प्रकाशित : शुक्रबार, माघ २३, २०७७१८:५१

आइपिएल अक्सनमा नेपालका ८ खेलाडी !