प्रचण्डलाई चिडियाखानामा बन्द गर्ने बादलको चेतावनी !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी ओली पक्षका नेता तथा गृहमन्त्री राम बहादुर थापा’बादल’ले नेकपाको अर्को खेमाको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिडियाखानामा थुन्ने चेतवानी दिएका छन्।

साकाहारी आन्दोलनले गरेर ओलीको प्रतिगमनलाई पराजित गर्न नसकिने भन्दै मांसाहारी आन्दोलन गर्न आवश्यक रहेको बताउने प्रचण्डलाई सङ्केत गर्दै गृहमन्त्रीले चिडियाखानामा थुन्ने चेतवानी दिएका हुन्।

नारायणहिटी दरबार अगाडि आयोजित बृहत्सभालाई सम्बोधन गर्नेक्रममा बादलले प्रचण्डको नाम उल्लेख नगरी मांसाहारी आन्दोलन गर्छु भन्नेलाई कुनै पनि हालतमा नछाड्ने बताए। त्यस्ता तत्वलाई जावलाखेलको चिडियाखानामा थुन्ने उनको चेतवानी छ।

“कानुन र संविधानले मांसाहारी आन्दोलन गर्नेलाई के गर्ने भनेर स्पष्ट भनेको छ। मांसाहारी आन्दोलन गर्छु भन्नेहरुलाई जावलाखेलको चिडियाखानामा थुनिनेछ।”,चेतवानी दिँदै उनले भने।

यस्तै नेता बादलले तेस्रो जनअन्दोलन शुरु भएको घोषणा पनि गरेका छन्। समग्र जनता संविधानको रक्षाका लागि आन्दोलित भएको भन्दै बादलले तेस्रो जनअन्दोलन शुरु भइसकेको दावी गरे।

राजनीतिको केन्द्रीय प्रश्न केन्द्रको सत्तासँग जोडिएको बताउँदै देशमा असाधारण स्थिति देखा परेको उनले बताए। पार्टी अध्यक्षबाट र प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउने र राष्ट्रपतिलाई समेत अपदस्थ गर्ने षड्यन्त्र भएपछि अहिलेको परिस्थिति आएको उनको भनाई छ।

“राष्ट्रिय स्वाधीनताको निम्ति एक छ, समाजवादका पक्षमा आन्दोलित भएका छौँ। समग्र जनता संविधानको रक्षाका लागि आन्दोलित भएका छन् ।”,उनले भने,”प्रतिगमनकारी र अवसरवादी तत्वले राष्ट्रपति र प्रधानमन्त्रीलाई अपदस्थ गर्न खोजेपछि अहिले अस्थिरताको अवस्था आएको हो।”

प्रकाशित : शुक्रबार, माघ २३, २०७७१३:५९

हिमपात पछि डोल्पा हिउँले ढपक्कै, हवाई सेवा बन्द, जनजीवन प्रभावित ! [तस्विर]