“पीएसजीमा एम्बाप्पेको भविष्य मेस्सीको हातमा छ”

शान्त जनवरी ट्रान्सफर विन्डोपछि अब समरमा भने धेरै क्लब खेलाडी किन-बेच गर्न व्यस्त हुने अनुमान गर्न सकिन्छ। आउने समर विन्डोमा सबैभन्दा धेरै चासोमा रहनेछ बार्सिलोनाको गतिविधिमा: विशेषगरी मेस्सीको परिस्थितिले कुन मोड लिन्छ भन्ने बारे।

हालको अन्तर्वार्तामा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जारी सिजनको अन्त्यसम्म आफ्नो भविष्यको बारेमा केहि नबोल्ने कुरा बताएपनि पूरा विश्व नै यसबारे निकै चर्चा बढेको छ। धेरैले मेस्सीले बार्सिलोना छाड्ने र नयाँ चुनौती लिने अनुमान गरेका छन्। यस्तोमा युरोपका केहि क्लबले मात्र मेस्सीको पारिश्रमिक धन्न सक्ने अवस्था छ। म्यानचेस्टर सिटी र पीएसजी मध्य एकलाई मेस्सीको अघिल्लो गन्तव्यको रूपमा हेरिएको छ।

पछिल्लो केहि समयमा मेस्सी र पीएसजीको नाम पटक पटक जोडिदै आएको छ। यस्तोमा, पीएसजी पनि मेस्सीलाई अनुबन्ध गर्नको लागि किलियन एम्ब्बाप्पेलाई बेच्नु पर्ने अवस्था देखिन्छ। वित्तीय फेयर प्ले नियमावलीले पीएसजीको लागि मेस्सीलाई भ्त्र्याउनुका साथै नेइमार र एम्बाप्पेलाई क्लबमा राख्नु असम्भव देखिन्छ।

अब पीइएसजीमा एम्बाप्पेको भविष्य मेस्सीको हातमा रहेको छ। मेस्सीलाई क्लबमा अनुबन्ध गर्नको लागि क्लबले एम्बाप्पेलाई बेच्नै पर्ने स्थिति हुन्छ। क्लबसँग एम्बाप्पेको सम्झौता २०२२ सम्म रहेको छ।

प्रकाशित : शुक्रबार, माघ २३, २०७७१८:५०

मेस्सी भर्सेस रोनाल्डो: गोल नगरेको खेलमा एक बाघ नै रहन्छन्, एक भने बिलाउँछन् !