हालान्ड माथि सिटीको नजर !

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले नर्वे तथा जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा स्टार एर्लिङ ब्राउट हालान्डलाई आउँदो समरमा अनुबन्धको लागि प्रयास गर्ने भएको छ ।

सिटीले टोलीका फरवार्ड सर्जियो अगुइरोको विकल्पमा हालान्डलाई अनुबन्धको प्रयास गर्ने दि मिररले जनाएको छ । आउदो समरसँगै सिटीमा अगुइरोको सम्झौता सकिँदैछ । सिटीले ६६ मिलियन पाउन्ड रिलिज क्लज रहेका २० वर्षीय हालान्डका लागि १ सय मिलियन पाउन्ड खर्च गर्ने लक्ष्य राखेको छ ।

हालान्ड अनुबन्धको लागि सिटीसँगै चेल्सी, म्यानचेस्टर युनाइेटड र स्पेनिस क्लब रियल म्याड्रिडले पनि प्रयास गर्ने देखिएको छ । तर, सिटीले हालान्डका लागि प्रति साता ४ लाख पाउन्ड दिने प्रस्ताव अघि सारेको हो ।

हालान्डका बुवा एइफ इन्गेले सिटीका लागि २००० देखि २००३ सम्म ४१ खेले खेलेका थिए । सोही कारण पनि हालान्ड डर्टमुनडसँग नजिकिएको अनुमान गर्न सकिन्छ । हालान्डले यो सिजन डर्टमुनडका लागि २१ खेलमा २२ गोल गरिसकेका छन् । जसमा चार च्याम्पियन्स लिगको खेलमा ६ गा्ेल पनि समावेश रहेको छ । डर्टमुन्डमा हालान्डको सम्झौता २०२४ सम्म रहेको छ

प्रकाशित : शुक्रबार, माघ २३, २०७७१७:४०

“पीएसजीमा एम्बाप्पेको भविष्य मेस्सीको हातमा छ”