डेटिंग एपबाट फसाएर २७ वर्षीया महिलाले यति धेरै केटालाई लुटिन् !

भारतको पुने शहरमा एक २७ वर्षीया महिला जो पहिले राम्रो काम गर्थिन्। तर कोरोना महामारीको लकडाउनको समयमा उनले जे गर्न सुरु गरिन् त्यसले उनलाई जेल भित्र पुर्यायो।

महाराष्ट्र टाइम्सका अनुसार उक्त महिलाले डेटिंग एपको मध्यमबाट १६ जना युवकलाई प्रेम जालमा फसाइन्। १६ युवक मध्य एक चेन्नईका आशीष कुमारले गत हप्ता पुलिस उजुरी गरेका थिए। उक्त महिलाले उसलाई पहिला डेटिंग एपको मध्यमबाट जान-पहिचान गरिन्। त्यसपछि, उक्त युवकलाई पुने बोलाइन्।

आशीषले बताए कि होटलमा गएपछि उक्त महिलाले उनलाई कोल्डड्रिंक दिइन्। कोल्डड्रिंकमा सायद मा”दक पदार्थ थियो। त्यसपछि, उनीसँग भएको सबै नगद र सुन सबै लुटेर भागिन्।

त्यस्तै, पिंपरी चिंचवड शहरका कमिश्नर श्रीकृष्ण प्रकाशका जानकारी अनुसार पक्राउ परेकी महिला डेटिंग एपको माध्यमबाट युवाको सम्पर्कमा आउँथिन्। त्यसपछि, उनीहरुलाई बोलाएर खाना वा पेय पदार्थमा न’सालु पदार्थ मिलाएर बेहोस बनाई सबै समान लुट्ने गर्थिन्।

अनुसन्धानको क्रममा उक्त महिलाले अहिलेसम्म १६ जना युवकलाई फसाइसकेको खुलासा भएको छ। प्रहरीले उनीबाट १५ लाख भन्दा धेरै चोरीको समान बरामद गरेको छ। थप अनुसन्धान भने जारी रहेको छ।

प्रकाशित : शुक्रबार, माघ २३, २०७७१८:४३

आज माघ २४ गते शनिबार, कस्तो रहला तपाईको दिन, हेर्नुहोस् आजको राशिफल !