“रूसी खोप मानिस जातिको लागि शुभ समाचार”

एजेन्सी – युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलले शुक्रबार रूसको स्पुतनिक–भी नामक कोरोनाभाइरसविरुद्धको खोप महामारीबीचमा ‘मानव जातिका लागि शुभ समाचार’ भएको बताएका छन् ।

उनले रूसले विकास गरेको उक्त खोपको सफलताको प्रशंसा गर्दै यसलाई यूरोपेली समूह राष्ट्रहरूमा प्रयोगका लागि अनुमति मिल्नसक्ने सङ्केत गरेका छन् ।

सन् २०१७ पछि पहिलो पटक रूस भ्रमणमा रहेका इयूका वरिष्ठ कुटनीतिज्ञ बोरेलले मस्कोमा रूसी विदेश मन्त्री सर्गेई लाभरोभसँग वार्तापछि उक्त धारणा राखेका हुन् ।

बोरेलले मस्कोमा वार्तापछि सञ्चारकर्मीसँग भने, “यो सम्पूर्ण मानवजातिका लागि खुशीको खबर हो । हामीसँग महामारीको बिरूद्ध लड्न अझ बढी साधनहरू छन् भन्ने पुष्टि भएको छ ।”

उनले स्पुत्नीक–भीलाई ‘यूरोपियन मेडिसिन एजेन्सी’ ले ईयु सदस्य देशहरूमा प्रयोग गर्नको लागि अनुमति दिने विश्वास व्यक्त गरे।

बोरेलले भने, “ईयूले खोपको अभावको सामना गरिरहेको अवस्थामा रूसमा विकसित स्पुत्नीक–भी महामारीविरूद्धको लडाईंमा अर्को स्वागत योग्य स्रोत हुनेछ ।”

प्रतिक्रियामा लाभरोभले भने, “रूस वासिङ्टन र मस्कोले खोपमा ‘सहकार्य गर्ने ठाउँ छ कि छैन’ भनेर हेरिरहेका थिए यसै वखत यूरोपका धेरै देशहरु आफ्नो क्षेत्रमा खोप उत्पादन गर्न इच्छुक देखिएका छन् । यो रूसका लागि खुशीको बिषय हो ।”

घरेलु हिसाबले उत्पादित स्पुतनिक भीलाई गत अगस्टदेखि रूसमा प्रयोगको लागि अनुमोदित गरिएको थियो । व्यापक क्लिनिकल परीक्षणहरू पहिल्यै खोपलाई द्रुत गतिको परीक्षणपछि प्रयोगमा ल्याइएको भन्दै प्रक्रियाबारे अमेरिका, यूरोपलगायतका विश्व समुदायबाट चिन्ता व्यक्त गरिएको थियो ।

व्यापक आलोचनाको बाबजुद खोपका विकासकर्ताहरूले भने खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको दावी गर्दै रूसले आफ्ना नागरिकहरूलाई खोप लगाउन थालेको थियो ।

प्रकाशित : शुक्रबार, माघ २३, २०७७१९:२७

किन पछिल्ला वर्षहरुमा भन्दा यस वर्ष कम चिसो भयो ? यसो भन्छन् मौसमविद् !