“ओलीले राजतन्त्र फर्काउन खोजे”

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली राजतन्त्र फर्काउने योजनामा रहेको आरोप लगाएका छन्।

शनिबार जनकपुरधाममा आयोजित विरोध सभालाई सम्बोधन गर्नेक्रममा निधिले ओली माथि राजतन्त्र फर्काउन खोजेको आरोप लगाएका हुन्। संसद विघटन र असंवैधानिक नियुक्ति विरूद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले शनिबार जनकपुरधाममा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै निधिले ओलीमाथि राजतन्त्र फर्काउन खोजेको आरोप लगाए।

ओलीको राजतन्त्र फर्काउने योजना कुनै पनि हालतमा पूरा नहुने निधिको भनाई छ। ओलीको योजनालाई कुनै पनि हालतमा पूरा हुन नदिने पनि उनले बताए।

जनआन्दोलनबाट प्राप्त उपलब्धि संघीय गणतन्त्रलाई समाप्त पार्न खोज्नेलाई नेपाली जनताले नछाड्ने निधिले बताएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न षड्यन्त्र गर्नेहरुलाई कुपात्रको संज्ञा निधिले दिए।

“जनआन्दोलनबाट प्राप्त उपलब्धि संघीय गणतन्त्रलाई समाप्त पार्न हामी दिदैनौँ, राजतन्त्र फर्काउन खोज्नेहरूलाई नेपाली जनता नै लखेटेर भगाउनेछन्‌।”,उनले भने,”संघीय लोकतान्त्रिक गणतन्त्र लाई कसैले मास्न सक्दैन। बरू त्यस्ता कुपात्रहरू समाप्त भएर जानेछन्।”

यस्तै निधिले कम्युनिष्टहरु काण्डै-काण्डमा फसेको आरोप पनि लगाएका छन्। कम्युनिष्ट नेतृत्वको सरकारले गरेका सम्पूर्ण काण्डको भण्डाफोर आफूहरुले गर्ने उनको चेतावनी छ।

सभा पुनःस्थापनाक पक्षमा आफूहरु रहेको बताउँदै उनले त्यस्तो हुन नसकेको खण्डमा लोकतान्त्रिक प्रकृया अर्थात निर्वाचनमा पनि नेपाली कांग्रेस तयार रहेको उनले बताए।

प्रकाशित : शनिबार, माघ २४, २०७७१९:४०

कुबेत बस्दा घरखर्च चलाउन मुस्किल, अहिले नेपालमै बसेर कमाउँदैछन् महिनाको ४०-५० हजार !