बाराक ओबामाले नेपालका तेन्जिङ नोर्गे शेर्पाको बारेमा फिल्म बनाउदै!

काठमाडौँ, माघ २५ । विश्वकै सर्वोच्च शिखर सगरमाथामा आरोहण गर्ने पहिलो व्यक्ति तेन्जिङ नोर्गे शेर्पाको बारेमा पुर्व अमेरिकी राष्ट्रपति बाराक ओबामले फिल्म बनाउने भएका छन्। नेपालमा रहेको सगरमाथामा तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक अरोहण गरेका थिए। फिल्मको नाम ‘तेन्जिङ’ हुनेछ ।

जेनिफर पिडमले निर्देशन गर्ने यस फिल्म ‘तेन्जिङ : हिरो अफ एभरेस्ट’ पुस्तकमा आधारित हुने नेटफ्लिक्सले जानकारी दिएको छ । यो पुस्तक सन् २००३ मा इद डग्लासले लेखेको थियो।  फिल्ममा आरोही तेन्जिङले सगरमाथा चढ्न गरेको संघर्ष, मेहनत र सफलतालाई  देखाईनेछ । साथै यस फिल्मको सम्पूर्ण छायांकन सगरमाथा क्षेत्रमा नै हुनेछ ।

१९१४ मे २९ मा सोलुखुम्बुको थामे भन्ने ठाउँमा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका थिए । सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले  पहिलो पटक एकसाथ सगरमाथाको सफल आरोहण गरेका थिए । तेन्जिङको मृत्यु ७२ वर्षको उमेरमा भारतको दार्जिलिङमा भएको थियो ।

प्रकाशित : आइतबार, माघ २५, २०७७१४:१६

बगरमा डोजर चलाएपछि माझी समुदायको बिचल्ली !