आमा भगवानको रूप हुन्छिन्। यसको उदाहरण सबैले आफ्नै आमामा देख्न सक्छन्। आमा आफ्ना सबै बच्चाहरूलाई समान रूपले माया गर्छिन्। एक आमाले आफ्ना बच्चालाई आफू भन्दा पनि धेरै माया गर्छिन्। यदि आफ्नो बच्चा कुनै संकटमा छ भने एक आमाले आफ्नै ज्यानको पनि पर्वाह गर्दिनन्। एउटा यस्तै भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ जसमा आमाको प्रेम झझल्किन्छ। उक्त भिडियोमा एक हरिणको बच्चा एक पोखरी तर्न खोजिरहेको देखिन्छ। त्यहि समयमा उक्त हरिणको बच्चाको पछि एक गोही आउँछ। त्यसपछि, उक्त बच्चाकी आमा हरिणले जे गर्छिन् त्यो देखेर सबैको आँखामा आँसु आउँछ।
All the forces on this planet will never beat that of a mother’s love 💕
The video of a mother deer that ran in to save her young from the jaws of a crocodile… pic.twitter.com/4uKMhEuyHE— Susanta Nanda (@susantananda3) February 6, 2021
सुशांत नन्दले यो भिडियो आफ्नो ट्विटरमा साझा गरेका छन्। उनी पेशाले आईएफएस अफिसर हुन्। उनी लेख्छन्, “सारा संसारको कुनै पनि शक्ति आमाको प्रेम अघि हार्छन्। यो भिडियो एक आमा हरिणको हो जसले आफ्नो बच्चालाई बचाउन गोहीको शिकार बन्छ।” यस भिडियोमा यो देख्न सकिन्छ कि कसरी एउटी आमाले आफ्नो बच्चालाई बचाउन आफ्नै बली दिन्छ।

यो भिडियो देख्ने सबैको आँखामा आँसु आउँछ। थुप्रै मानिसले यस भिडियोमा आमा टिप्पणी गरिरहेका छन् कि आमा भनेको आमा नै हो, आमाको माया अपरम्पार छ। यो मानव रूप मा होस् वा कुनै पशु नै किन नहोस्। आमाको स्थान समान छ।

