पहिलो कुरा, तपाईंलाई के आकारमा ठूलो र खतरनाक देखिनाले फरक पार्छ? दोस्रो….. साहस आकार देखेर कहाँ आउँछ र। साहस उसैलाई आउँछ जो साहसी छ र कसैसँग पनि डराउँदैन। त्यस्तै साहसको उदाहरणले भरिएको भिडियो इन्टरनेटमा आएको छ। यस भिडियोमा एउटा कुकुरको बच्चा गोहीको पछाडी लाग्छ। त्यसपछि जे हुन्छ त्यसले बताउँछ कि साँच्चैको साहस केलाई भनिन्छ।
The bold bark of a small dog can even make a croc to turn away.
Credits – Mick Huddz Youtube pic.twitter.com/Py05iFWYd1
— Sudha Ramen 🇮🇳 (@SudhaRamenIFS) February 6, 2021
सुधा रामेन नामक अकाउन्टबाट यो भिडियो साझा भएको छ। उनी लेख्छिन्, “एक साहसी कुकुरको बच्चाले एक ठूलो गोहीलाई पनि डराउन बाध्य गराउँछ।”

यस भिडियोमा एक गोही देख्न सकिन्छ। गोहीको अगाडी एउटा कुकुरको बच्चा पनि देख्न सकिन्छ। कुकुरको बच्चा यस्तो तरिकाले भुक्छ कि गोही डराएर एकै पटक पानीमा भाग्छ। धेरै मानिसलाई यो कुकुरको बच्चा कार्यले साहसी लागेको छ।

