मेस्सीलाई पीएसजीको लोभ लाग्दो प्रस्ताव, सिटीलाई धक्का !

पेरिस सेन्ट-जर्मेनले लोभ लाग्दो सम्झौता प्रस्ताव गरिसकेपछि लियोनल मेस्सीलाई अनुबन्ध गर्ने दौडमा म्यानचेस्टर सिटी पछाडि पर्ने खतरामा बढेको छ। बार्सिलोनासँगको सम्झौता अन्तिम ५ महिना मात्र बाँकी रहँदा धेरैले मेस्सीले सिजनको अन्त्यमा बार्सिलोना छाड्ने आंकलन गरेका छन्।

मेस्सीको पारिश्रमिक धेरै क्लबले धान्न नसक्ने हुँदा पीएसजी र म्यानचेस्टर सिटी नै दौडमा रहेको बताइन्छ। तर पछिल्लो समय पीएसजीसँग मेस्सीको नाम पटक-पटक जोडिदै आएको छ। म्यानचेस्टर सिटीमा पेप भएकै कारण पनि मेस्सीको अघिल्लो गन्तव्यको रूपमा हेरिएको छ।

तर डेली स्टारका अनुसार फ्रान्सेली क्लब पीएसजीले मेस्सीलाई अनुबन्ध गर्नको लागि पहिलो कदम चालिसकेको छ। प्रकाशनले दावी गरेको छ कि लिग १ च्याम्पियनले मेस्सीलाई ४० मिलियनको साईनिंग शुल्क र ८००,००० डलर प्रति हप्ता आधारभूत तलब प्रदान गरेको छ।

यो बराबरको अफर सिटीले भने प्रस्ताव गर्न सक्ने अवस्था छैन। तर क्लबको प्रशिक्षक पेप् ग्वार्डीओलाको कारण सिटीलाई पनि यो दौडबाट हटाउन भने मिल्दैन।

प्रकाशित : आइतबार, माघ २५, २०७७१६:२६

“जसले जे भनेनी भनुन्, म पार्टी गर्न छाड्दिन”