भोलि माघ २६ गते सोमबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !

मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

ताजगी र खुशीको अभाव रहनेछ । क्रोधको कारण तपाईको कम बिग्रन सक्नेछ। रिसलाई काबुमा राख्नुहोला। अफिसका अधिकारी र परिवारका सदस्यहरू र विपक्षीहरूसँग बहस नगरी चुपचाप दिन बिताउनु राम्रो हुनेछ । कुनै धार्मिक काम काम  वा धार्मिक कार्यमा जान वा धार्मिक ठाउँमा जाने अवसर प्राप्त हुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अत्यधिक कामको बोझ र खानपानमा लापरवाहीको कारण तपाईंको स्वास्थ्यलाई बिग्रिनेछ । समयमा खाना र निन्द्राको अभावको कारण  मानसिक बेचैनी अनुभव गर्नुहुनेछ। निर्धारित कार्य  समयअ नै सम्पन्न हुनेछ। योगको  ध्यान र आध्यात्मिक पठनबाट राहत पाईनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

रमाईलो र मनोरन्जन प्रवृत्तिमा रुचि राख्नु हुनेछ। कुटुम्ब र  परिवारका सदस्यहरूसँग घुमफिर गर्नुहुनेछ। सार्वजनिक जीवनमा मूल्य प्रतिष्ठा बढ्नेछ। विपरीत लिंगीय व्यक्ति प्रति आकर्षण बढ्नेछ।  सार्वजनिक जीवनमा सम्मान र मान प्रतिष्ठा वृद्दि हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

दिन खुशी र सफलतामय रहेको छ। परिवारमा सुख-शान्ति रहनेछ। पेसा गर्ने व्यक्तिको अफिसमा अनुकूल वातावरण रहनेछ। माईती पक्षबाट लाभ मिल्नेछ। स्वास्थ्य स्वस्थ रहनेछ। आर्थिक लाभ हुनेछ। आवश्यक खर्च हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

शारीरिक मानसिक स्वस्थताको साथ काम गर्नुहुनेछ। सिर्जनात्मक प्रवृत्तिमा विशेष लाभ हुनेछ। साहित्य र कलाको क्षेत्रमा नयाँ सिर्जना गर्ने प्रेरणा मिल्नेछ। प्रेमी एवं प्रिय व्यक्तिसँग भेट हुनेछ। सन्तानक शुभ समाचार मिल्नेछ। धार्मिक वा परोपकार कार्यले मन आनन्दित गर्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

प्रतिकूलताको सामना गर्नुपर्नेछ। शारीरिक स्वास्थ्यको सम्बन्धमा टिपोट रहनेछ। मनमा चिन्ताको बोझ रहनाले मानसिक बेचैनीको अनुभव हुनेछ। पारिवारिक सदस्यसँग खटपट हुनेछ। आअमाको स्वास्थ्यको सम्बन्धमा चिन्ता पैदा हुनेछ । पैसा खर्च हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

वर्तमान समयमा भाग्यवृद्धि हुने साहस र कार्य हातमा लिन शुभ दिन रहेको छ। योग्य ठाउँमा लगानी गर्नुहुनेछ। परिवारमा भाईबहिनीसँग आत्मीयता र मेल- मिलाप रहनेछ । छोटो धार्मिक यात्रा हुनेछ। विदेशबाट शुभ समाचार मिल्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

नकारात्मक मानसिक वृत्ति टाल्नुहोला। नबोलेर नौगुणको नीति अपनाउडा पारिवारिक सदस्यसँग झगडाबाट बच्नुहुनेछ। स्वास्थ्य सम्बन्धि टिपोट रहनेछ। अनावश्यक  खर्च नगर्नुहोला। विधार्थीको पढाईमा  अवरोध आउनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

निर्धारित कार्यमा सफलता र आर्थिक लाभको सम्भावना रहेको छ। सपरिवार माँगलिक प्रसंगमा उपस्थित रहनुहुनेछ । आफन्तसँगको भेटले हर्षित रहनुहुनेछ। दाम्पत्यजीवनमा  निकटता र मधुरता अनुभव गर्नुहुनेछ । समाजमा तपाईको यश र कीर्तिमा  वृद्धि हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

धार्मिक र आध्यात्मिक प्रवृत्तिमा अत्यधिक व्यस्त रहनुहुनेछ । पूजा- पाठ वा  धार्मिक कार्यमा खर्च हुनेछ। आफन्त तथा परिवारसँग सम्हालेर बोल्नुहोला। अधिक परिश्रमले कम सफलता मिल्नाले निराशा पैदा हुनेछ। स्वास्थ्यको ध्यान राख्नुहोला। दाम्पत्यजीवनमा खटपट हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नयाँ कार्य वा आयोजन हातमा लिनुहुनेछ। पेसा-धन्दामा  लाभको साथसाथै आय खडा गर्नुहुनेछ।  मित्र वर्ग, विशेष रूपले स्त्री मित्रसँग लाभ हुनेछ। सामाजिक मंडलमा प्रसिद्दि र प्रतिष्ठा प्राप्त गर्नुहुनेछ।  पत्नी र पुत्रको तर्फबाट सुख र सन्तोष अनुभव गर्नुहुनेछ। तन-मनबाट आनन्दित रहनुहुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)

दिन शुभ फलदायक रहेको छ । कामको सफलता र उच्च पदाधिकारीको  प्रोत्साहनले तपाईको उत्साह बढाउनेछ।  व्यापारी  व्यापार र आय  वृद्धि हुनेछ । पिता एवं बुजुर्ग वर्गबाट लाभ हुनेक। स्वास्थ्य शुभ रहनेछ। परिवारमा  सुख- शान्ति रहनेछ। उन्नतिको संयोग बन्नेछ । सरकारको तर्फबाट लाभ मिल्नेछ।

प्रकाशित : आइतबार, माघ २५, २०७७१८:४९

आज माघ २६ गते सोमबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल !