“मधेशीलाई नागरिकता नदिने रामलाई दिने?”

काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली भगवान् रामलाई नागरिकता दिन लागिपरेको टिप्पणी गरेका छन्।

वीरगञ्जमा आयोजित एक सभालाई सम्बोधन गर्नेक्रममा थापाले नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओली भगवान राम लाई नागरिकता दिन लागिपरेको बताएका हुन्।

कांग्रेसको आमसभामा बोल्दै नेता थापाले नागरिकता आवश्यकता भएका नेपालीलाई नागरिकता दिन छाडेर ओली भगवान राम लाई नागरिकता दिन लागिपरेको बताए। भगवान रामलाई नागरिकता आवश्यक नभएको उनको भनाई छ।

“प्रधानमन्त्री केपी शर्मा ओली भगवान् रामलाई नागरिकता दिन लाग्नु भएको छ। भगवान् रामलाई नागरिकता आवश्यकता छैन। नेपालभित्र रहेका नागरिकहरूलाई नागरिकता चाहिएको छ, उनीहरूलाई नागरिकताबाट बञ्चित गर्न हुन्न।”,उनले भने।

केहि समय अगाडी प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मेको दावी गरेका थिए। वास्तविक अयोध्या चितवनको माडीमा रहेको भन्दै ओलीले त्यस क्षेत्रमा मन्दिर तथा मूर्ति राख्ने तयारी समेत गरिरहेका छन्। सोहि विषय प्रति लक्षित गर्दै थापाले यस्तो टिप्पणी गरेको बुझिएको छ।

प्रधानमन्त्रीले आफू असफल हुँदै गएपछि आस्थासँग खेल्न खोजेको पनि नेता थापाले बताए। ओलीले भगवान् र पशुपतिनाथ प्रतिको आस्थामा खेल्न खोजेको थापाको आरोप छ। ओलीले केहि दिन अगाडी पशुपति पुगेर गरेको पूजालाई थापाले भ्रमपूर्ण भनेका छन्।

दुई वर्षअघि संसारबाट लखेटिएकी विवादस्पद कोरियन महिलालाई ल्याएर होलिवाइन खाएका प्रधानमन्त्री ओलीलाई जनै गह्रौ भएर कहिल्यै जनै नलगाएकोमा अहिले फेरि रुद्राक्षको गह्रौ माला लगाएर पशुपतिमा पूजा गर्ने कार्य भ्रमपूर्ण रहेको थापाको टिप्पणी छ।

प्रकाशित : आइतबार, माघ २५, २०७७१७:४७

सोचे भन्दा राम्रो बिक्यो जुम्लाको मार्सी चामल !