करिनासँग बिहे भएपछि पनि सैफले आफ्नो पहिलो श्रीमतीलाई यसरी गर्छन याद!

सैफ अली खानको जिंदगी र प्रेम कहानी कुनै फिल्म भन्दा कम छैन। अमृता सिंहसँगको उनको प्रेम र गोप्य विवाहले उनका प्रशंसकहरूलाई निकै आश्चर्यचकित पारेको थियो। छोरा सैफले अमृतासँग विवाह गर्ने निर्णयले पटौदी परिवार पनि छक्क परेको थियो।  त्यसपछि करीना कपूरसँग बिहे गर्नु पनि उनको जीवनको महत्वपूर्ण निर्णय रहेको थियो।  करीनासँग विवाह गरेपछि पनि सैफ आफ्नो पहिलो श्रीमती अमृतालाई सुन्दरताको कारण याद गर्छन्।

सैफ अली खान भन्छन् कि अमृता सिंहको कारण नै उनी आफ्नो जीवनमा अगाडि बढ्न सफल भएका थिए । अमृताले नै उनलाई करियरलाई गम्भीरतापुर्वक लिन सिकाएकी थिइन्। भर्खरैको एक अन्तर्वार्ताको क्रममा सैफ अली खानले भनेका थिए कि अमृताले नै उनलाई करियरको उचाईमा पुग्न मदत्त गरेकी थिइन् ।

त्यसपछि सैफले अमृतासँग बिताएको समयको याद गर्दै भने, ‘मैले घरबाट भागेर २० वर्षको उमेरमा नै अमृतासँग विवाह गरेको थिए । उनले  मलाई  मेरो काम र पेशालाई गम्भीरतापुर्वक  लिन सिकाएकी हुनाले म अमृताको लागि सधैँ आभारी छु।’ १९९१ मा बिहे भएपछि यी दुइको २ बच्चा भएका थिए, सारा अली खान र इब्राहिम । तर यी दुईको बिहे लामो समयसम्म टिक्न सकेन । २००४ मा सैफ र अमृता एक-अर्काबाट टाढा भएका थिए र सम्बन्धविच्छेद गरेका थिए। सारा र इब्राहिम आफ्नो आमासँग बस्छन्। त्यसपछि सैफले अगाडि बढ्ने निर्णय गरे र २०१२ मा करीना कपूरसँग विवाह गरे। तर अमृता अहिले पनि अविवाहित छिन् । करीनासँग उनको विवाह गरेपछि पनि सैफले सारा र इब्राहिमको धेरै ख्याल राख्छन् । अहिले फेरि पनि सैफ आफ्नो श्रीमती करीनासँगै अर्को बच्चालाई स्वागत गर्न तयार छन्।

प्रकाशित : सोमबार, माघ २६, २०७७१५:५८

प्रचण्डले भने – “मलाई प्रधानमन्त्री पदको लोभ छैन”