आफ्नै अफिसमा मृत फेला छायाँकार अधिकारी, करिश्माले लेखिन यस्तो स्टाटस!

काठमाडौँ, माघ २६ । फिल्म तथा म्युजिक भिडियोका छायाँकार जनकराज अधिकारीले गोङ्गवुस्थित आफ्नै अफिसमा आइतबार साँझ मृत फेला परेका थिए । २ दिनदेखि परिवारसंग सम्पर्कविहिन रहेका अधिकारी जेसिका फिल्मस प्रालिको कार्यालयमा झु-न्डि-एको अवस्थामा फेला परेका हुन्।

घाँटीमा खादाको पा-सो लगाएर पंखामा झु-ण्डि-एको अवस्थामा फेला परेका अधिकारीको शव त्यसलगतै त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको थियो। उनको आज नै अन्तिम संस्कार गरिनेछ। जेसिका फिल्मस् प्रालिका प्रोपाइटर समेत रहेका अधिकारीले दुई फिल्म र थुप्रै म्युजिक भिडियोको  छायाँकन गरेका छन् । उनको मृत्युको खबरले चलचित्र उद्योग नै शोकमा डुबेको छ। त्यस्तै उनको मृत्युको खबर सुनेपछि सदाबहार नायिका करिश्मा मानन्धरले सामाजिक संजालमार्फत दुख व्यक्त गरेकी छिन्। उनले लेखेकी छिन्:

“भर्खरै सुटबाट फर्किएर ओछ्यान तताउदै गर्दा सोचिरहेको थिए  ! क्यामेराम्यान भाइ जो बिहान देखी खाना पानी नभनी खिचिरहेको थियो ! अझै बेलाबेलामा दिदी पाटलामा बस्नुस न भन्थ्यो ! कहिले फोकस मिल्दैन थियो, कहिले लाइट मिलाउने प्रयास गर्थ्यो, अनि सकेसम्म हामिलाइ राम्रो देखाउने प्रयासमा आफ्नो सम्पुर्ण शक्ति लगाइरहेको हुन्थ्यो ! उसलाई दिदि पहिला घर पुगोस् भन्ने सोचाइ ती भाइ , दाइहरुको ! तेस्तै भाइ !
जब जनक भाइले यस्तो गरेको कुरा फेसबुकमा देखे, मेरो उद्योग के हो भन्ने प्रश्न आयो ? मेरा उद्योगका संबंधित निकायहरुले तपाई जस्तो महत्त्वपूर्ण अंस को महत्त्व नबुझेको जस्तो लाग्यो !
जनकभाइ मनै देखिको माया अनि श्रद्धाञ्जली”

प्रकाशित : सोमबार, माघ २६, २०७७११:१७

भागरथी भट्टको स्वाब परीक्षणका लागि काठमाडौंँ लगियो