हिजो बढेको सुनको मूल्य आज घट्यो !

काठमाडौँ – आइतबार बढेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ। आइतबार तोलामा ६ सयले बढेको सुनको मूल्य आज केहि घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैंयाले घटेको छ। यस गिरावटसँगै छापावाला सुनको मूल्य ९० हजार ४ सय काम भएको छ। त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सयले घटेको छ। जससँगै तेजाबी सुनको मूल्य ८९ हजार ९ सय ५० कायम भएको छ।

यस अगाडी छापावाला सुन आइतबार ९० हजार ६ सय र शुक्रबार ९० हजार रुपैंयामा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन भने आइतबार ९० हजार १ सय ५० र शुक्रबार ८९ हजार ५ सय ५० रुपैंयामा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने केहि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैंयाले बढेर १ हजार ३ सय १५ कायम भएको छ।

प्रकाशित : सोमबार, माघ २६, २०७७११:१४

आफ्नै अफिसमा मृत फेला छायाँकार अधिकारी, करिश्माले लेखिन यस्तो स्टाटस!