“ओलीसँग हामी हारे सिङ्गो देशले हार्छ”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधिसभा विघटन विरुद्ध हार भए सिङ्गो देशले नै हार्ने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले प्रतिनिधिसभा विघटनविरुद्धको लडाइँमा हारिए नेपाली जनता र सिङ्गो देशले हार्ने बताएका हुन्।

काठमाडौँमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दा नेपालले प्रतिनिधिसभा विघटनविरुद्धको लडाइँ जित्नका लागि नेपाली जनता र सिङ्गो राष्ट्र जुट्नुपर्ने बताए। अहिले संविधानलाई क्षतविक्षत बनाउने पक्ष र विपक्ष बीच संघर्ष भइरहेको उनको भनाई छ।

“यो संविधानलाई क्षतविक्षत बनाउने पक्ष र विपक्षको संघर्ष हो, लोकतन्त्रलाई र कमजोर बनाउने विचको संघर्ष हो, गणतन्त्र र संघीयतालाई सबल बनाउने र उपलब्धिलाई समाप्त पार्ने बीचको संघर्ष हो। यो संघर्षमा जितियो भने नेपाली जनता र देशले जित्नेछ तर जित्न सकेनौं भने नेपाली जनता र राष्ट्रले हार्नेछन्।”,नेपालले भने।

यस्तै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्राप्त उपब्धिहरू तहसनहस पार्न लागिपरेको पनि आरोप लगाएका छन्। नेकपामा देखा परेको समस्या पदका लागि नभएको भन्दै उनले संघर्ष पार्टी भित्रको मात्र नभई पूरै देशको भएको उनले जिकिर गरे। नेपालले ओलीले नेतृत्व गरेको पार्टीलाई सानो टुक्राको संज्ञा पनि दिए।

मूलधारको पार्टी आफू र प्रचण्डले नेतृत्व गरेको उनले दावी गरे। ओलीको समूहमा उनका आसेपासे, साइबर सेना र केहि अन्योलमा रहेका व्यक्ति मात्रै रहेको उनको भनाई छ।

प्रकाशित : सोमबार, माघ २६, २०७७१५:४९

करिनासँग बिहे भएपछि पनि सैफले आफ्नो पहिलो श्रीमतीलाई यसरी गर्छन याद!