एजेन्सी – चीनकी एक चर्चित अभिनेत्रीले प्लास्टिक सर्जरी गराउँदा पाउन सम्म दु:ख पाएकी छन्। नाकको सर्जरी गराएपछि संक्रमण भएर महिनौं दु:ख पाउने चीनकी चर्चित अभिनेत्री गाओ लियु रहेकी छन्।

नाकको सर्जरी गराएपछि आफ्नो लुक थप राम्रो हुने र चलचित्रहरुमा अवसर बढ्ने उनले सोचेकी थिइन्। तर, उक्त निर्णय उनका लागि गलत सावित हुन पुग्यो। नाकको सर्जरी पछि नाकमा संक्रमण भएर उनले कयौं अवसर गुमाइन्।

लियुका अनुसार नाकको सर्जरीका लागि उनकी एक साथीले उनलाई क्लिनिकका प्लास्टिक सर्जनसँग भेटाएकी थिइन्। नाकको सर्जरी ४ घण्टासम्म चलेको थियो ।

४ घण्टापछि उनको सर्जरी त सफल भयो। तर, क्रमिक रुपमा उनीमा संक्रमण बढ्दै गयो। केहि हप्ता नबित्दै उनको नाक कालो बन्दै गयो। यसरी नाक कालो बन्दै जाँदा उनले केहि चलचित्र तथा शो छाड्नु समेत पर्यो।

संक्रमणबाट मुक्त हुन उनले उनले कैयौं फलो अप सर्जरी समेत गराउनु पर्यो। नाकको सर्जरी गराउन उनले ४ लाख युआन अर्थात ७२ लाख नेपाली रुपैयाँ खर्च गरेकी थिइन्। त्यति मात्र नभई नाकको संक्रमणका कारण उनले कैयौं सम्झौता समेत तोड्नुपरेको थियो। सम्झौता तोड्नुपर्दा उनलाई १८ लाख युआन अर्थात ३ करोड २५ लाख रुपैयाँ घाटा भयो।

लियुका अनुसार उनले नाकको सर्जरी गराएको उक्त अस्पतालले खासमा नाकको सर्जरीको लागि अनुमति पाएकै थिएन। अहिले उक्त अस्पतालसँग क्षतिपूर्ति लिने प्रयासमा लियु छिन्।

कैयौं फिल्म र टिभी शोमा काम गरिसकेकी लियुले आफ्नो भगाई चिनियाँ सामाजिक संजाल वाइबो मार्फत पोखेकी छन्। उनले वाइबो मार्फत केहि तस्विर पनि सार्वजनिक गरेकी छन्।
