काठमाडौँ – यति बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ पर्ने चर्चा छ। राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएकी झाँक्रीलाई काठमाडौँ आएलगतै प्रहरीले पक्राउ गर्न लागेको भनेर समाचारहरु आएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन गरेको आरोपमा पक्राउ गर्न लागिएको प्रहरी उच्च श्रोतले दावी गरेको छ। उनलाई काठमाडौं उपत्यका प्रवेश गरेलगत्तै पक्राऊ गर्ने तयारी रहेको बताइन्छ ।
पक्राउ पर्ने कुरा चल्दै गर्दा झाँक्री भने अहिले बाग्लुङमा छिन्। देश दौडाहाका क्रममा झाँक्री मंगलबार बाग्लुङ पुगेकी हुन्। झाँक्री ‘हामी यता छौँ’ भन्दै केहि तस्विरहरु पनि सार्वजनिक गरेकी छन्। तस्विर सार्वजनिक गर्दै उनले लेखेकी छन्,”हामी यता छौं।बाग्लुङ आइचम्”
झाँक्रीका अनुसार उनी मंगलबार बिहान मात्रै बाग्लुङ पुगेकी हुन्।
राष्ट्रपति बारे गरेकी थिइन् यस्तो टिप्पणी
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपश्चात झाँक्री राष्ट्रपति विरुद्ध कडा रुपमा प्रस्तुत हुने गरेकी छन्। केहि समय अगाडी उनले झाँक्रीले भण्डारीलाई शीतलनिवासबाट निस्केर बालकोट जान चेतावनी दिएकी थिइन्। झाँक्रीले मदन भण्डारीको अवशान पश्चात राष्ट्रपति भण्डारीले सेतो सारी ओढेर राजनीतिक फाइदा लिएको आरोप समेत लगाएकी थिइन्।
“राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश निन चाहन्छु निर्वाचनको तयारीका लागि सुखसुविधा ऐस आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुहोस्, चाबहिल कि कता बानेश्वरतिर बसाईँ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ ।”,उनले भनेकी थिइन्।