कसैलाई पनि भ्रष्ट्राचार गर्ने मौका नदिने ओलीको घोषणा !

k|wfgdGqL cf]nL sf7df8f}F, @% df3 M k|wfgdGqL s]kL zdf{ cf]nL g]kfnL ;]gfåf/f hªuL c88fdf cfOtaf/ cfof]lht PsLs/0f dfu{ sfo{qmd bf];|f] j[xt ;]ldgf/sf] ;dfkg ;df/f]xdf . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि भ्रष्ट्राचार गर्न नदिने बताएका छन्।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले कसैलाई पनि भ्रष्टाचार गर्ने अवसर नदिने बताएका हुन्।

काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले कसैलाई भ्रष्टाचार गर्ने अवसरको वातावरण नै बन्न दिन नहुने बताए। भ्रष्टाचार गर्ने अवसर नै दिन नहुने र भ्रष्ट्राचार गरिहाले कानुनी कारबाही गरिने ओलीको भनाई छ।

“शको भष्टाचार नियन्त्रण गर्नमा सहयोग अख्तियारको महत्वपूर्ण अंग हो। त्यसैले भ्रष्टाचार गर्ने अवसर नै नदिने त्यति गर्दा पनि गरेको पाए पनि कानुनी कारबाही गर्नुपर्छ।”,उनले भने।

त्यस्तै ओलीले अख्तियारबाट भ्रष्ट अपराधी डराउने तर निर्दोष व्यक्ति खुशी हुने वातावरण बन्नुपर्ने पनि बताएका छन्। आयोगले कुनैपनि व्यक्ति वा संस्थाको विरुद्ध काम कारबाही अघि बढाउँदा अदालतमा मुद्दा दायर गर्नुपूर्व नै सो व्यक्ति वा संस्थाको यर्थातता बुझ्नु पर्ने र खराब भए मात्र कारबाही प्रक्रिया अघि बढ्नु पर्ने उनको भनाई छ।

उनले भने,”अख्तियारबाट भ्रष्ट अपराधी डराउने हो, निर्दोष होइन । कसैले गलत गरेको छ भने उ मात्र कारबाहीको भागिदार हुन्छ । तर निर्दोष होइन । यस्तो अबस्थामा आयोग चनाखो हुन जरुरी छ । यसका लागि कुनै व्यक्तिको विरुद्ध मुद्दा दर्ता गर्दैगर्दा आयोगले अदालतमा मुद्दा दायर गर्नु पूर्व नै सोचोस् ।”

प्रकाशित : बुधबार, माघ २८, २०७७१४:५०

पक्राऊ पर्ने भनिएकी झाक्रीले ‘बोल्न पाइन्छ’ भन्दै भृकुटीमण्डपमा शुरु गरिन भाषण!