काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनः स्थापना नभए आँधीहुरी आउने चेतवानी दिएका छन्।
बुधबार काठमाडौँमा आयोजित विरोधसभालाई सम्बोधन गर्नेक्रममा प्रचण्डले संसद पुनः स्थापना गर्ने तर्फ अदालत गएन भने देशमा आँधीहुरी आउने चेतावनी दिएका हुन्।
“हाम्रो पक्षमा फैसला भएन भने नेपालमा आँधी आउँछ, हुरी चल्छ। कसैले थाम्न सक्दैन।”,प्रचण्डले भने। निर्वाचन आयोगले पनि राम्रो लक्षण नदेखाएको प्रचण्डले बताए। ओली निर्वाचन आयोगलाई धम्क्याएको आरोप समेत प्रचण्डले लगाए।
ओलीले धम्क्याएकै कारण आफूहरुको बहुमत हुँदा समेत निर्वाचन आयोगले निर्णय गर्न नसकेको प्रचण्डको भनाई छ। निर्वाचन आयोगले राम्रो लक्षण नदेखाएको हुँदा संघर्ष सहज हुने नदेखिएको उनले बताए।
“ओली निर्वाचन आयोगलाई धम्काएछन्। त्यसैले हाम्रो बहुमत हुदा समेत निर्वाचन आयोगले राम्रो लक्षण देखाएको छैन। कसैले सजिलो नठाने हुन्छ। निर्वाचन आयोगले खुट्टी हेरे हुन्छ नेपाली जनताको के गर्न सक्छन् भन्ने।”,प्रचण्डले भने।
यस्तै प्रचण्डले आफूलाई कुनै पनि पद नचाहिएको पनि बताए। आफूले कुर्सि भन्दा पनि नेपाली जनता र नेपाललाई सम्वृद्ध बनाउने सपना मात्रै देखेको उनले जिकिर गरे। उनले आफ्नो बाँकी जीवन जनताको पक्षमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे।

