मोदी क्याबिनेटका मन्त्रीकी छोरी बलिउडमा दमदार इन्ट्री गर्दै, यति सुन्दर छिन् ! [तस्विर सहित]

एजेन्सी : बलिउडमा राजनीतिक परिवारको पृष्ठभूमि भएका कलाकारहरु नभएका हैनन्। सञ्जय दत्त, रितेश देशमुख, सोनाक्षी सिन्हा, इशा देओल, अक्षय खन्ना, ट्विङ्कल खन्ना र सन्नी देओल लगायतका चर्चित बलिउड कलाकारहरुका अभिभावकहरु राजनीतिमा संलग्न थिए र छन्। भारतको उत्तराखण्ड राज्यका पूर्व मुख्यमन्त्री तथा हालको केन्द्रीय शिक्षा मन्त्री रमेश पोखरियाल “निशंक” की सुपुत्री आरुषि पोखरियाल चाँडै हिन्दी सिनेमाजगतमा कदम राख्दै छिन्।

आरुषि निकै सुन्दर छिन् र उनका तस्बिरहरुले सामाजिक सञ्जालमा धमाका मच्चाईरहेका हुन्छन्। एउटा दमदार फिल्मबाट उनी बलिउडमा डेब्यु गर्दैछिन् जुन फिल्ममा पछिल्लो समयको नाम चलेका अभिनेत्रीहरु तापसी पन्नु, भूमि पेडनेकर र कीर्ति कुल्हारी पनि हुनेछन्।

आफ्नो पहिलो फिल्ममै यी अनुभवी कलाकारहरुसँग अभिनय गर्ने मौका पाएकी आरुषिको भाग्यमानी साबित भएकी छिन्। रिपोर्टस अनुसार यो धमाकेदार फिल्म एक युद्दसँग सम्बन्धित फिल्म हुनेछ, जुन फिल्ममा वीरगाथाहरुको बयान हुनेछन्।

यो फिल्मको प्रोडक्सन टि-सिरिजले गर्नेछ र फिल्मका लागि सबै कलाकारहरु निकै उत्सुक छन्। आधिकारिक रुपमा घोषणा नभए नि खबर अनुसार यो फिल्म ‘उरी: द सर्जिकल स्ट्राइक’ फिल्मका निर्देशक आदित्य धरले निर्देशन गर्नेछन्।

फिल्ममा महिला अधिकृतको वीरतालाई देखाईनेछ। यस प्रकारको कहानी फिल्म राजीमा पनि देखिएको थियो।

प्रकाशित : बुधबार, माघ २८, २०७७१८:३८

‘भ्यालेन्टाइन डे’ मा यि अभिनेत्रीको २ घन्टामै भएको थियो बिहे, प्रेमजीवन निकै दर्दनाक!