फुटबल खेलमा हालसम्ममा असंख्य अविश्वसनीय खेलाडीहरू उत्पादन गरिसकेको छ र यी असंख्य खेलाडी मध्ये बेस्ट ११ को नाम निकाल्न अत्यन्त कठिन छ। यद्यपि यसले फुटबल प्रेमीहरूलाई बहुमत दिन भने रोक्दैन र स्पेनिश प्रकाशन एएसले अब यस विषयमा विश्व फुटबलका नामित हस्तीका भोटका आधारमा फुटबल इतिहासका सर्वोत्कृष्ट ११ घोषणा गरेको छ।
अल्फ्रेडो रेलानो, अल्भारो बेनिटो, सान्टियागो सेगुरोला, डानी गारिडो, एन्रिक ओर्टेगो, एक्सेल टोरेस, जोस समानो, किको नरभाएज, लुइस निटो, मनु कारेनो, जोस समानो, भिसेन्टे जिमेनेज, एरिट्ज ग्याबीलोन्डो, क्रिस्टियन आर्कोस, एलेजेन्ड्रो गोमेज, सारा कास्ट्रो र जोस लुइस गार्सीको जज प्यानलले यो सूची तयार परेको हो।
हरेक जजले चयन गरेको उत्कृष्ट ११ मा सबैभन्दा धेरै पर्न सफल खेलाडीहरु एएसको अन्तिम टोलीका लागि छनौट गरियो, जुन तपाईं तल पूर्ण रूपमा देख्न सक्नुहुन्छ।
एएस लेजेण्ड ११
गोलकिपर: इकर क्यासिलास
डिफेन्डर: रोबर्टो कार्लोस
डिफेन्डर: फ्रान्क बेकमबर्ग
डिफेन्डर: सर्जियो रामोस
लेभ यशिन, फ्याबियो कान्नावारो, फ्रान्को बरेसी र पाओलो मालदिनी यो सूचीमा नाम बनाउन नसक्ने दिग्गज नाम रहेका छन्। प्राय: फुटबल इतिहासकै सर्वोत्कृष्ट डिफेन्डर मानिने पाओलो मालदिनी यस सूचीमा नअटाउनु साँच्चै नै आश्चर्यको कुरा हो।
मिडफिल्ड: जाभी हर्नान्डेज
मिडफिल्ड: पेले
मिडफिल्ड: योहान क्रुएफ
मिडफिल्ड: डिएगो म्याराडोना
जिनेदान जिदान, आन्द्रेज इनिएस्टा तथा लोथर म्याथोस जस्ता ठूला नाम यस सुचीमा अनुपस्थित रहेको छ।
फरवार्ड: अल्फ्रेडो डि स्टेफेनो
फरवार्ड: क्रिस्टियानो रोनाल्डो
फरवार्ड: लियोनल मेस्सी
यी ३ अग्रपङ्क्ति यो भन्दा राम्रो सायद नै हुन सक्छ। मेस्सी र रोनाल्डो फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडीमा पर्छन् भने डि स्टेफेनोको उपलब्धिले पनि सूचीमा उनको नामलाई न्याय गर्छ। तर धेरैको बुझाईमा रोनाल्डो नाजारियो हुनसक्छन्।