ओलीको तानाशाही सरकारको झाँक्रीलाई पक्राउ गर्नु तानाशाही कदम: वरिष्ठ नेता खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही कदम भएको आरोप लगाएका छन्। ओलीको यो कदम निन्दनीय भएको बताउँदै खनालले केपी ओलीको सरकारले तानाशाही कदम चालेको बताएका हुन्।

“ओलीको नेतृत्वमा रहेको सरकारले तानाशाही कदम चाल्दै रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ,” खनालले भने, “यो कार्य अत्यन्त निन्दनीय छ ।”

त्यस्तै, अहिलेको सरकारले आम जनताको स्वतन्त्रता हहन् गर्ने काम गरिरहेको पनि बताएका छन्। “अहिलेको सरकारले जनताको स्वतन्त्रता हनन् गर्ने काम गर्दैछ,” उनले भने।

नेकपा प्रचण्ड -नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड -नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरिएको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार झाँक्रीले राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ पुर्जी जारी गरिएको जानकारी दिएको छ । यसअघि प्रहरीले सोधपुछका लागि बोलाउँदा झाँक्रीले महाशाखा जान अस्वीकार गरेकी थिइन्। उनलाई पक्राउ गर्न प्रहरी उनकै निवासमा पुगेको थियो। तर उनले यो यो राजनीतिक मुद्दा भएकोले आफूलाई पक्राउ गर्नको लागि पक्राउ पूर्जी लिएर आउन आग्रह गरेकी थिइन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बोलाइएको थियो । झाँक्रीको पक्राउको विरुद्धमा उनका निवास शङ्खमूलमा अहिले उनका समर्थकको नाराबाजी चलिरहेको छ।

प्रकाशित : बिहिबार, माघ २९, २०७७१३:५७

प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? त्यसोभए झ्यालखानाको सङ्ख्या थप्दा हुन्छ: गगन थापा