ग्रहको राजा सुर्यले फेब्रुअरी १२ को राती ९ बजे कुम्भ राशिमा प्रवेश गर्दैछ । हालै सूर्य मकरसँगै अन्य पाँच ग्रहसँग रहेको छ। ज्योतिषी करिश्मा कौशिकका अनुसार सूर्यको यस परिवर्तनले १२ ओटै राशिमा असर पार्नेछ। मेष, मिथुन, सिंह , धनु र मीन राशी हुने व्यक्तिको लागि आर्थिक विषयमा परिवर्तन निकै राम्रो हुन सक्छ। थाहा पाउनुहोस कुन कुन संकेतहरूमा सूर्यले कुम्भ संक्रान्तिमा शुभ परिणाम दिनेछ र कुनले नोक्सान हुन सक्छ।
मेष- मेष राशि हुने व्यक्तिको लागी समय निकै लाभदायक रहेको छ। ऋणबाट मुक्ति मिल्नेछ र धन लाभ पनि हुनेछ। रोकिएको कार्य पूरा होला। सामाजिक कार्यबाट लाभ हुनेछ। घरको सदस्यको सहयोग मिल्नेछ। मान-सम्मान बढ्नेछ। स्वास्थ्यमा सुधार पनि हुनेछ। सूर्य देवलाई तामाको भाँडाबाट सिन्दुर सुर्यदेवलाई चढाउनुहोला।
वृष- वृष राशि हुने व्यक्तिले भने मिश्रित परिणाम प्राप्त गार्नेछ्न्न। सुख प्राप्त हुनेछ। घरमा शुभ कार्य गर्नको लागि समय राम्रो रहेको छ। सम्पत्ति सम्बन्धित विवाद खतम हुन सक्छ। अत्यधिक क्रोधले तपाईलाई समस्यामा पार्नेछ। जलमा अक्षता राखेर सूर्य देवलाई अर्पण गर्नाले लाभ मिनेछ।
मिथुन- मिथुन राशि हुने व्यक्तिलाई घरको सदस्यबाट सुख प्राप्त हुनेछ। सन्तानको शिक्षा-भविष्यलाई लिएर सुधार आउनेछ। सन्तानको पक्षबात शुभ परिणाम मिल्नेछ। अविवाहितले केहि समय कुर्नु पर्ने हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ।
कर्क- कर्क राशि हुने व्यक्तीले सावधान रहनुपर्नेछ। साथी,आफन्त वा प्रेमसम्बन्धको मामलामा विश्वास नगर्नुहोला। सफलता पाउनु तपाईको लागि ठुलो कुरा हुनेछैन। कडा परिश्रमले राम्रो परिणाम मिल्नेछ। पेसा र व्यापारको मामलामा पनि सतर्कता अपनाउनु पर्नेछ। सूर्यको कुम्भमा रहुन्जेलसम्म भोजनपछि प्रतिदिन शखर खानुहोला।
सिंह- यो गोचरपछि तपाईको आत्मविश्वास बढ्नेछ। नयाँ योजना पनि बनाउन सक्नुहुनेछ। कार्यक्षेत्रमा तपाई निकै मेहनत गर्नुहुनेछ र तपाईको चर्चा हुनेछ। धन-व्यापारको मामलामा स्थिति मजबूत हुनेछ। सानो गल्तीलेले पुरै योजनामा भारी पर्नेछ।
कन्या- लेखक र शिक्षक वर्गको लागी सूर्यको यो गोचर निकै लाभदायक हुन सक्छ। आफ्नो जीवनशैली, खान-पान, स्वास्थ्य सम्बन्धि बानी र निन्द्रालाई राम्रो बनाउने प्रयास गर्नुहुनेछ। जरूरी चीजमा ध्यान केन्द्रित गर्नुहुनेछ र हरेक कामलाई पुरा गर्नुहुनेछ।
तुला- सूर्यको यो गोचर तुला राशिको समस्या बढाउन सक्छ। यधपी कैयौँपटक आफ्नो लक्ष्यमा भट्किनु हुनेछ। धनको समस्या बढ्न सक्छ। व्यापार र पेसामा हलचल देख्नुहुनेछ। यात्रामा सावधान रहनुपर्नेछ। यस दुविधामा तपाई प्रियजनको सम्मानलाई नोक्सान पुग्नेछ। तपाईको लागि यो गोचर अनुकूल रहेको छैन्। त्यसैले आईतबारको दिन मन्दिरमा रातो कपडा र अनार चढाउनुहोला।
वृश्चिक- वृश्चिक राशी हुने व्यक्तिहरूको सम्मान बढ्नेछ। सरकारी क्षेत्रमा काम गर्ने व्यक्तिको जनताको प्रतिष्ठा बढ्नेछ। प्रतियोगिता परीक्षामा जुटेको व्यक्तिको लागि समय अनुकुल रहेको छ। स्वास्थ्यमा सुधार हुनेछ र तपाईं ऊर्जावान महसुस गर्नुहुनेछ। बुबासँगको सम्बन्ध सुधार हुनेछ र पारिवारिक व्यवसायको विस्तार हुनेछ। रातो रङको फल दान गर्नाले फाइदा हुनेछ।
धनु- धनु राशि हुने व्यक्तिको लागि तो गोचर निकै फाईदादायक साबित हुन सक्छ। रुकेको धन मिलन सक्छ। पैतृक सम्पत्तिबाट लाभ हुन सक्छ। भाई-बहिनीसँग सुधार हुनेछ। ‘ओम ग्रहणि सूर्याय नमः’ मन्त्रको जप गर्नाले शुभ फल प्राप्त हुनेछ।
मकर- सूर्य मकरबाट कुम्भ राशिमा प्रवेश गर्न गईरहेको छ। यस राशि हुने व्यक्तिको लागि समय थोरै कष्टदायक हुन सक्छ। विदेश यात्रा वा शुभ कार्यमा समस्या आउन सक्छ। कार्य कठिनाई र विलंबबाट प्रभावित हुन सक्छ। मान-सम्मान वृद्धि हुन सक्छ। वाद-विवादबाट टाढा रहनुहोला। स्वास्थ्यको ख्याल राख्नुहोला। तामाको भांडामा तिल हालेर सूर्यलाई जल अर्पण गर्नाले लाभ हुनेछ।
कुम्भ – सूर्यले यस राशिमा परिवर्तन गर्न लागेको छ। कुम्भ राशि हुने व्यक्तिको लागि समय लाभदायक रहेको छ। पितासँगको सम्बन्धमा सुधार आउनेछ। तपाईले ऊर्जावान महसूस गर्नुहुनेछ। आलस्य टाढा हुनेछ र पुरै क्षमतासँग कार्य पूरा गर्नुहुनेछ। मान-सम्मान बढ्नेछ र स्वास्थ्यमा सुधार आउनेछ। यसैकारण कुनै रातो वस्तुको दान गर्नु तपाईको लागि शुभ रहनेछ।
मीन- मीन राशि हुने व्यक्तिले सावधान रहनुपर्नेछ। बोलि कठोर हुन सक्छ। तपाईको शब्दले कुनै व्यक्तिको मनमा ठेस पुग्नेछ। अपशब्द नबोल्नुहोला। कार्यमा सफलता मिल्नेछ। आकस्मिक धन प्राप्ति हुन सक्छ। यसैक्रममा शखरको दान गर्न निकै शुभ रहनेछ।