क्रिस्टियानोले ड्रिबल गर्न सक्दैनन् भन्नेलाई रोनाल्डोले देखाइदिए यस्तो कला [भिडियो सहित]

दुई वर्ष अघि फेबियो क्यापेलोले भनेका थिए, “क्रिस्टियानो रोनाल्डोले विगत तीन वर्षदेखि कुनै पनि प्रतिद्वन्द्वीलाई ड्रिबल गर्न सकेका छैनन्।

क्यापेलो र अरू धेरैले रोनल्डोले एक उत्कृष्ट गोलस्कोरर बन्ने क्रममा आफ्नो ड्रिबलिंग क्षमता त्यागेको विश्वास गर्छन्। गयराती भएको इन्टर मिलान विरुद्ध युभेन्टसले गोल रहित बराबरी खेल खेल्यो। पहिलो लिगमा २-१ को जित निकालेको युभेन्टसलाई यो बराबरी कोपा इटालियाको फाइनलमा पुग्न पर्याप्त रह्यो।

https://twitter.com/i/status/1359382054056599554

पूरै खेलभरि कै आकर्षणको मुख्य क्षण रोनाल्डोको खुट्टाबाट देख्न मिल्यो जब उनले इन्टरका दुई खेलाडीलाई अत्यन्त सुन्दर तरिकाले छक्याउन सफल भए। ५ पटकका ब्यालुन डी ओर विजेता रोनाल्डोले मैदानको बायाँ फ्ल्यान्कमा आफ्नो सिग्नेचर स्टेप-ओभरको प्रयोग गर्दै जादुमय दृष्ट देखाए।

मन्चेस्टर युनाइटेडमा हुँदा रोनाल्डोको ड्राबिलिंग उत्कृष्ट र रोमाञ्चक थियो भन्ने कुरालाई कसैले इन्कार गर्ने कुनै ठाउँ छैन तर प्रतिद्वन्द्वीलाई यस सीपले कसरी पराजित गर्ने भन्ने क्षमता भने रोनाल्डोमा अहिले पनि हराएको छैन।

३० वर्षको उमेरपछि मात्र ३०० गोल गरिसकेका रोनाल्डोको क्षमतामा कसैले पनि औंला उठाउने ठाउँ छैन। क्रिस्टियानो रोनाल्डोलाई फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी मध्ये एक मानिन्छ।

प्रकाशित : बिहिबार, माघ २९, २०७७१६:३८

क्लब वर्ल्ड कप जितेको बार्यनलाई ग्वार्डीओलाको चुनौती- म मेस्सीलाई लिएर आउछु, कहिले र कहाँ भिड्ने ?