मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सामाजिक कार्य र साथीसँग समय बिताउनुहुनेछ। मित्रमा धन खर्च हुनेछ। वृद्दको तर्फबाट लाभ मिल्नेछ र सहयोग मिल्नेछ। आकस्मिक धन लाभ हुनाले मानसिक प्रसन्नता बढ्नेछ। पर्यटन सफलतापूर्वक आयोजन गर्नुहुनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
पेसामा पदोन्नतिको समाचार मिल्नेछ। उच्च पदाधिकारीको सहयोग प्राप्त हुनेछ। सरकारी निर्णय तपाईको पक्षमा आउनाले लाभ मिल्नेछ। गृहस्थजीवनमा सुख- शान्ति रहनेछ। नयाँ कार्यको आयोजन हातमा लिनुहुनेछ। अधुरो कार्य पूरा गर्नुहुनेछ। दाम्पत्यजीवनमा मधुरता रहनेछ। धन र मान- सम्मानको प्राप्ति हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
स्वास्थ्य खराब हुन सक्छ। कुनै पनि कार्य गर्ने उत्साह रहनेछ। पेसा-धन्दाको ठाउँमा साथी कर्मचारी र उच्च पदाधिकारीको व्यवहार सहयोगपूर्ण नहुनाले मानसिक निराशा पैदा हुनेछ। सन्तानको सम्बन्धमा समस्या आउनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
नकारात्मक व्यवहार हावी हुनेछ। रिस अधिक हुनेछ। स्वास्थ्य सम्बन्धी गुनासो हुनेछ। बोलीमा नियन्त्रण राख्नुहोला। परिवारको सदस्यहरूसँग झगडा वा विवाद हुने सम्भावना रहेको छ। आर्थिक लाभ हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिवारमा आनन्द र उत्साहको वातावरणले मन खुशी रहनेछ। बिरामी व्यक्तिको स्वास्थ्यमा सुधारबाट राहत मिल्नेछ। काममा सफलता र प्रसिद्धि प्राप्त गर्नुहुनेछ। साथीहरू अफिसमा सहयोगी हुनेछन् र व्यापारमा प्रतिस्पर्धी र विपक्षीहरूबाट नोक्सान हुन सक्ला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
कल्पनाशक्ति र सिर्जनशक्तिलाई राम्रोसँग लगाउनु हुनेछ। बौद्धिक प्रवृत्ति वा चर्चामा भाग लिनु तपाईलाई मन पर्नेछ। सन्तानको तर्फबाट शुभ समाचार मिल्नेछ। स्त्री मित्रको सहयोग मिल्नेछ। प्रिय व्यक्तिसँग मिलन सुखद रहनेछ । अत्यधिक विचारबाट मन विचलित बन्नेछ । सामान्य रूपबाट शारीरिक मानसिक ताजगीको साथसाथै सबै कार्य गर्नुहुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
दिन शान्तिमा बिताउनुहुनेछ। शारीरिक स्वास्थ्य बिग्रिन सक्ला। मानसिक रूपले स्वस्थ रहनुहुदैन। आमाको स्वास्थ्यको सम्बन्धमा चिन्ता रहनेछ। पारिवारिक सदस्यसँग झगडा हुनेछ। स्थायी सम्पत्ति तथा वाहन आदिको दस्तावेज गर्न सावधान रहनुहोला।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
गूढ़ रहस्यवाद र आध्यात्मिकतामा रङ चढ्नेछ । नयाँ कार्य गर्नको लागि प्रेरित रहनुहुनेछ। स्वास्थ्य राम्रो रहनेछ र मन प्रसन्न रहनेछ। लघु यात्रा होला। मित्र र आफन्तसँग भेट हुनेछ। भाग्यको साथ रहनेछ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
नबोल्नु नै सबैभन्दा राम्रो कुरा रहनेछ। पारिवारिक सदस्यसँग मनमुटाव नहोस् यस कुराको ध्यान राख्नुहोला। विधार्थीले पढ़ाईमा परिश्रम गर्नुपर्नेछ। नकारात्मक विचारमा ध्यान राख्नुहोला। दाहिने आँखामा समस्या होला ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
शारीरिक, मानसिक र आर्थिक प्रत्येक दृष्टिबाट दिन तपाईको लागि शुभ रहनेछ। परिवारसँग सुरुचिपूर्ण भोजनको आनन्द उठाउनुहुनेछ। मित्रसँग घुम्न जानुहुनेछ। चिन्तनशक्ति र आध्यात्मिक शक्ति पनि राम्रो रहनेछ। दाम्पत्यजीवनको मधुरताको आनन्द उठाउनुहुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आर्थिक लेनदेन नगर्नुहोला। खर्चको रकम बढ्नेछ। शारीरिक र मानसिक रूपले स्वस्थ रहनुहुनेछ। स्वास्थ्यमा ध्यान राख्नुहोला। कसैको चासोको लागि आफैलाई समस्यामा नपार्नुहोला। रिस नियन्त्रण गर्नुहोला ,मानहानिको सम्भावना रहेको छ ।
मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)
कमै समयमा लाभ लिनलाई लालच छोड्न र पूँजी निवेशमा ध्यान राख्नुहोला। तपाइको मनमा एकाग्रता कम रहनेछ । शारीरिक स्वास्थ्य खराब होला। धार्मिक कार्यमा खर्च हुनेछ। महत्त्वपूर्ण दस्तावेज वा कोर्टको मामलामा सावधान रहनुहोला।