ओली सरकारको काल आएकै हो ?

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिबारे विचार दिएको आरोपमा मात्र गिरफ्तार गर्नु नेपालको संविधान विपरित भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा संविधानको धाराको फोटो सहित गरेको ट्वीटमा भट्टराईले प्रश्न गरेका छन्, “ओली सरकारले राष्ट्रपतिबारे विचार अभिव्यक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ । नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिन्छ । संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? के सरकारको काल आएकै हो ?”

बिहिबार प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै उनकै निवास शंखमुलबाट पक्राउ गरेको हो। झाँक्रीको पक्राउ बारे अहिले चौतर्फी विरोध भइरहेका छन्।

प्रकाशित : बिहिबार, माघ २९, २०७७१७:३४

आम्दानीको स्रोत बन्यो उजाड लेक !