बार्सिलोनालाई स्वारेजको दह्रो झापड !

एजेन्सी – लुइस सुआरेज केहि वर्ष बार्सिलोनामै रहन चाहन्थे । तर उनी रोनाल्ड कोम्यान प्रशिक्षकका रुपमा बार्सिलोना आबद्ध भएपछि उनको भविष्य त्यहाँ सुनिश्चित हुन सकेन । जसका कारण सुआरेज एट्लेटिको म्याड्रिड पुगे ।

बार्सिलोनामा खेल्ने मौका नपाएपछि अर्को क्लबको बाटो रोजेका सुआरेज त्यहाँ सफल भइरहेका छन् । उनको उच्च प्रदर्शनबाट टोलीले ला लिगाको उपाधि जित्ने आशा देखेको छ । सुआरेजले त्यहाँ लगातार गोल गरिरहेको छन् । जसले उनलाई आर्थिक रुपमा पनि फाइदा हुने देखिएको छ ।

सुआरेज एट्लेटिको सिजनकै उत्कृष्ट खेलाडी बनेका छन् । के उनले भविष्यमा पनि त्यहि लयलाई कायम राख्न सक्लान् भन्ने प्रश्न पनि सँगै जोडिएर आएको छ ।

जारी सिजनमा १६ गोल गरिसकेका स्वारेजले क्लबको तर्फबाट बोनस पाउने भएका छन्। १५ गोल पुर्याएपछि उनले १ मिलियन यूरो बोनस पाउने भएका हुन् । सिजनमा २० गोल नै गरे उनले थप बोनस पाउनेछन् । त्यति गोल पुर्याउने सम्भावना पनि उच्च छ।

अर्कोतर्फ बार्सिलोना भने गोलका लागि संघर्ष गरिरहेको छ । बार्सिलोनाले गोलका लागि संघर्ष गरिरहँदा त्यहि क्लब छाडेर एट्लेटिको पुगेका सुआरेजले लगातार गोल गरिरहनुलाई संयोग मात्र मान्न सकिन्न ।

कोपा डेल रेमा सेभिल्लाविरुद्ध बार्सिलोना २-० ले पराजित हुँदा मिडफिल्डर इभान राकिटिचले समेत गोल गरे । आफ्नो पूर्व-क्लबविरुद्ध गोल गर्दा उनले खुसियाली भने मनाएनन् । क्लब छाडेका खेलाडीले लगातार राम्रो प्रदर्शन गर्दा बार्सिलोना भने लय समात्न संघर्ष गरिरहेको छ । बार्सिलोनाले आक्रमण र मिडफिल्डमा कमजोर प्रदर्शन गर्दा यी दुई खेलाडीको कमी भने खड्किएको छ ।

प्रकाशित : शुक्रबार, माघ ३०, २०७७१०:१८

नेइमार चार हप्ताका लागि बाहिरिए, बार्सिलोनासँगको खेल गुमाउने !