आजबाट पञ्चक सुरु, भुलेर पनि गर्नु हुँदैन यस्ता कार्य !

ज्योतिषशास्त्रमा मुहूर्तको विशेष महत्त्व रहेको छ। ज्योतिषमा ग्रह-नक्षत्रको स्थिति गणना गरेर कुनै पनि कार्यको लागि शुभ र अशुभ समयको बारेमा विचार गरिन्छ। ज्योतिषशास्त्रमा जसरी ग्रहको स्थिति शुभ रहँदा कुनै शुभ कार्य गर्नको लागि लाभदायक हुन्छ। त्यस्तै, ग्रहको स्थिति खराब छ भने कुनै पनि प्रकारका मांगलिक कार्य गर्न हुँदैन।

ज्योतिष शास्त्र अनुसार, जब पाँच नक्षत्र धनिष्ठान सुरु भएर सतभिषा, पूर्व भाद्रपद, उत्तरा भाद्रपद र रेवती नक्षत्र सम्म चल्छ, तब यो क्रमलाई पञ्चक भनिन्छ। यस समयमा कुनै पनि शुभ कार्य गरिँदैन। यो पटक पञ्चक १२ फेब्रुअरी अर्थात आजबाट सुरु भएको छ। पञ्चकको समयमा विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ। त्यसोभए, यो समयमा के-कस्ता कार्य गर्नु हुँदैन त ? जान्नुहोस्…..

पञ्चक आरम्भ: १२ फेब्रुअरी शुक्रबार बिहान २ बजेर २६ मिनेटबाट  

पञ्चक समाप्ति: १६ फेब्रुअरी, मंगलबार बेलुका ९ बजेर १२ मिनेटसम्म 

यदि पञ्चक शनिबारबाट सुरु हुन्छ भने त्यसलाई मृ-त्यु पञ्चक भनिन्छ, यो अत्यन्तै अशुभ मानिन्छ। यस पटक पञ्चक शुक्रबार सुरु भएको छ, त्यसैले यसलाई चोर पञ्चक भनिन्छ। यो पञ्चकलाई पनि अशुभ मानिन्छ। यस समयमा पनि कुनै शुभ काम नगर्नुहोस्, अन्यथा नोक्सान हुनसक्छ।

यी कार्य नगर्नुहोस् 

  • पञ्चकको समयमा व्यापारिक लेनदेन वा पैसा सम्बन्धी कुनै नयाँ काम गर्नु हुँदैन।
  • पञ्चकको समयमा काठको काम गर्नु हुँदैन। निर्माण कार्यको लागि नयाँ काठ पनि किन्नु हुँदैन।
  • पञ्चकको समयमा कुनै पनि टाढाको नयाँ यात्रा गर्न निषेध गरिएको छ।
  • यस समयमा घरको छतको निर्माण कार्य गर्नु हुँदैन।

प्रकाशित : शुक्रबार, माघ ३०, २०७७१४:५२

चाणक्य नीति : अरुले भोग्नुपर्छ यी ४ मानिसले गरेका पापको फल