काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली जनता कम्युनिष्ट र कांग्रेस देखि दिक्क भइसकेको बताएका छन्। हेटौँडामा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्नेक्रममा थापाले कम्युनिष्ट र काङ्ग्रेस देखि जनता दिक्क भइसकेको बताएका हुन्।
हेटौँडा ५ मा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले कम्युनिष्ट र काङ्ग्रेसको काम र व्यवहारबाट जनता वाक्क दिक्क भएको बताए। पछिल्लो समय कम्युनिष्ट र कांग्रेसको कामले जनता थप दिक्क भएको उनको भनाई छ।
अध्यक्ष थापाले नेपाली जनताले सोचेजस्तो सम्वृद्धि नहुनुका पछाडी कम्युनिष्ट र कांग्रेसको काम र व्यवहार रहेको आरोप लगाए। देशका २०६२\६३ पछि परिवर्तन हुने जनताले आशा राखे पनि त्यस्तो हुन नसकेको उनले बताए।
निर्वाचन प्रणाली खर्चिलो भएको निष्ठा र इमानदारीताको राजनीति कमजोर हुँदा विकास र समृद्धिको सपना पूरा हुन नसकेको उनको भनाई छ। २०६२ ६३ पछिको परिवर्तनले विकास र समृद्धिको सपना पूरा हुनुपर्ने भएपनि राजनीतिक नेतृत्वका कारण त्यस्तो हुन नसकेको उनले बताए।
त्यस्तै थापाले सर्वधर्म समभाव सहितको सनातन धर्मको रक्षा अहिलेको आवश्यकता रहेको पनि जिकिर गरे। सनातन धर्मको रक्षा गर्न नसक्ने देशमा धार्मिक सङ्कट पैदा हुने उनले दावी गरे।