एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमण्डका स्टार खेलाडी अर्लिङ ब्राउट हालाण्ड र पेरिस सेन्ट जर्मेन (पिएसजी)का किलियन एम्बाप्पे मध्ये को उत्कृष्ट भन्ने बहस शुरु हुन थालेको छ।
पछिल्ला वर्षहरुमा दुवैले फुटबल मैदानमा राम्रो प्रदर्शन गरिरहेका छन्। जसकारण हालाण्ड र एम्बाप्पेलाई एक-अर्काको प्रतिष्पर्धीको रुपमा हेर्न थलिएको छ। दुवै खेलाडी एकै लिगमा भएको खण्डमा हालाण्ड र एम्बाप्पे बीच थप प्रतिष्पर्धा बढ्ने निश्चित जस्तै छ।
यसै बीच डर्टमण्डका डिफेन्डर थोमस मुनिएरले डि-बक्समा एम्बाप्पे भन्दा हालाण्ड बढी घा-तक रहेको बताएका छन्। एक पत्रकार सम्मेलनका क्रममा मुनिएरले दुई बीच तुलना गर्न नमिल्ने भएपनि डि-बक्समा एम्बाप्पे भन्दा बढी घा-तक हालाण्ड हुने बताए।
“यी दुई बीच तुलना गर्न मिल्दैन। दुवै एकदम फरक छन्। दुबै छिटो छन्।”,उनले भने,”तर म यो चाहिँ भन्न सक्छुकि डि-बक्समा हालाण्ड बढी घा-तक छन्।”
एम्बाप्पे र हालाण्ड दुवै आउने वर्षहरुमा थप उत्कृष्ट हुने पनि उनले बताए। २५ वर्षको उमेर सम्म पुग्दा दुवै विश्वका उत्कृष्ट खेलाडीको रुपमा उदाउने उनको विश्वास छ।
यस्तै हालाण्डलाई व्यक्तिगत रुपमा चिनेको र सँगै खेलेको हिसाबले हालाण्ड आउने समयमा थप निखारिने पनि उनले बताए। भविष्यमा हालाण्डले रोबर्ट लेवान्डोव्स्की वा रोमेलु लुकाकू जत्तिकै गोल गर्न सक्ने क्षमता विकास गर्ने उनी बताउँछन्।