एजेन्सी : बिना गल्ती या दोस्रोको गल्तीमा मानिसले नोक्सान उठाउनु पर्छ। आचार्य चाणक्यले आफ्नो नीति ग्रन्थ यानी ‘चाणक्य नीति’ मा कुन व्यक्तिको पापको फल कसले भोग्नुपर्छ बताईएको छ।
राजा राष्ट्रकृतं पापं राज्ञ: पापं पुरोहित:।
भर्ता च स्त्रीकृतं पापं शिष्यपापं गुरुस्तथा।।
चाणक्यका अनुसार राजाले राष्ट्रको पापको फल भोग्नुपर्छ। राजाको पाप पुरोहितले भोग्छ। पत्नीको पाप तिनको पतिले भोग्नुपर्छ र शिष्यको पाप गुरुले भोग्नुपर्छ।
यस श्लोकको आशय यो हो कि राजाले यदि देश ठिक ढङ्गले चलाएनन् या आफ्नो कर्तव्य पालन गरेनन् भने त्यसको हानि राजा स्वयमलाई नै हुनेछ। यदि पुरोहितले वा राजालाई परामर्श दिने व्यक्तिले राजालाई सही सल्लाह दिएनन् भने त्यसको पाप पुरोहितले नै भोग्नुपर्छ।
यदि स्त्रीले कुनै खराब कार्य गरेमा त्यसको असर पतिको जीवनमा पनि पर्नेछ। यसैप्रकर शिष्यद्वारा गरिएको पापको फल गुरुले भोग्नुपर्छ।