विनयजंग बस्नेतलाई पक्राउ गर्ने तयारी !

काठमाडौं- आफूलाई सामाजिक अभियानता बताउने विनयजंग बस्नेतलाई पक्राउ गर्ने तयारी भएको छ ।

बिबिसीको प्रभावशाली एक सय महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले दिएको उजुरीका आधारमा बस्नेतलाई पक्राउ गर्ने तयारी भएको हो। सपना रोका मगरले बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएपछि पक्राउको तयारी गरेको प्रहरी श्रोतले जनाएको छ।

बस्नेत बेवारिशे श-व व्यवस्थापन गर्दै आएका छन् भने उनले आफूलाई सामाजिक अभियानता बताउने गरेका छन्। पछिल्लो केहि समय यता विभिन्न कारणले गर्दा उनी विवादित छन्।

बस्नेतले सपना रोका मगरका निजि तस्विर सार्वजनिक गरिदिने ध-म्की दिँदै आएका थिए। युट्युबमा बस्नेतले दिएको त्यसप्रकारका ध-म्की सहितका भिडियो छन्। बस्नेतले ध-म्की दिएपछि सपना प्रहरीको जान बाध्य भएकी हुन्।

बस्नेत विरुद्ध उजुरी परेपछि पक्राउ पूर्जी जारी गर्ने तयारी भएको छ। पक्राउ पूर्जी जारी गर्नका लागि अदालती प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बस्नेतलाई पूर्जी जारी भए लगतै पक्राउ गरिने बताए। बस्नेत यति बेला उपत्यका बाहिर छन्।

प्रकाशित : आइतबार, फागुन ०२, २०७७१२:३१

माटो निकालेर फेवातालको आयु लम्ब्याइने