माधव कुमार नेपालले भने – “रामकुमारीपछि मलाई र प्रचण्डलाई जेल हाल्ने योजना रहेछ”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफु र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्ने ओलीको योजना रहेको बताएका छन।

आइतबार तेह्रथुम पुगेका नेपालले प्रधानमन्त्री केपी ओलीको रामकुमारीपछि आफु र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गिरफ्तार गर्ने योजना रहेको बताएका हुन्।

तेह्रथुमको सदरमुकाम म्याङलुङ बजारमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफूहरुलाई तर्साउन झाँक्रीलाई पक्राउ गरिएको बताए। ओलीको फूर्ति र घुर्कीले आफूहरु नतर्सिने उनको भनाई छ। विगतमा ज्ञानेन्द्र राजासँग नगराएका आफूहरु ओलीसँग पनि नडराउने उनले बताए।

“रामकुमारीलाई पहिले समात्ने अनि माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गिरफ्तार गर्ने योजना रहेछ । कस्ता फूर्ति कस्ता घुर्की । तिनले तर्साएर हामी तर्सने मान्छे हौ ?”,माधव नेपालले भने,”यिनका डरबाट हामी त्रसित हुन्छौं ? ज्ञानेन्द्र जस्ताको त सातो लियौं भने केपी ओली कहाँका हुन्?”

ओली पदका लागि जस्तो सुकै कदम चाल्न सक्ने व्यक्ति रहेको पनि नेपालले बताए। ओलीले पदकै लागि पार्टीमा विभाजन ल्याएको र संसद विघटन गरेको उनले आरोप लगाए। ओली तानाशाह बन्न खोजेको भन्दै नेपालले पदका लागि ओली संकटकाल लगाउन पनि पछि नपर्ने दावी गरे।

त्यस्तै नेपालले ओलीले कम्युनिस्ट पार्टीको नाम बोल्न नपाउने पनि बताएका छन्। सूर्य नेकपासँगै रहने भन्दै नेपालले सूर्य चिन्ह खोस्न ओली अनेक षड्यन्त्र रच्न थालेको उनको आरोप छ।

“हामीसँग बहुमत छ। यो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी हाम्रो हो। केपी ओलीको पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपा हुन सक्दैन।”,नेपालले भने,”उनले कम्युनिस्ट पार्टीको नाम बोक्न सक्दैनन्, पाउँदैनन् । यो सूर्य यहि पार्टीसँग रहुनुपर्छ अनि सूर्य चिन्ह खोस्नका लागि अनेक षड्यन्त्र र तानावाना बुनिँदैछन् । दुइटैलाई नदिने भनेर। यदि त्यस्तो षड्यन्त्र भयो भने देशमा ठुलो विग्रह र संकट निम्त्याउछ भन्ने बुझे हुन्छ ।”

प्रकाशित : आइतबार, फागुन ०२, २०७७१६:४०

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा पदबहाली