अरबौँ सम्पत्तिका मालिक मिथुनले कैयन दिनसम्म किन लगाए एउटै लुगा, कारण अनौठो !

एजेन्सी : कलाकारहरु आफ्नो भूमिकालाई वास्तविक जस्तो बनाउनको लागि कतिसम्म मेहनत गर्छन्, यसबारे थाहा पाउनु भएमा तपाई आश्चर्यमा पर्नुहुनेछ। सरबजीतको भूमिका निभाउनको लागि रणदीप हुड्डाले कैयौँ दिनसम्म भोक-प्यासमा रहेका थिए। राजकुमार रावले आफ्नो भूमिकाको लागि एउटै कोठामा कैयन दिन आफूलाई बन्द गरेका थिए। आजकलका अभिनेताहरु मात्र हैनन् यसरी दिलोज्यान दिएर चलचित्रको चरित्रमा भिज्ने कोसिस गर्ने, पहिलेका बलिउड अभिनेताहरु पनि आफ्नो भूमिकालाई सजीव बनाउन जुनसुकै हदसम्म पनि जान्थे।

हामी कुरा गर्दै छौँ १९८० को दशकमा एक नृत्य स्टारको रूपमा बहुत धेरै प्रसंशक बनाएका र त्यतिबेलाको भारतको सबैभन्दा लोकप्रिय प्रमुख अभिनेताको रुपमा आफूलाई स्थापित गर्न सफल मिथुन चक्रवर्तीको। मिथुनले सन् २००९ मा रिलिज भएको फिल्म ‘जोर लगा के … हैय्या !’ मा भिखारीको भूमिका निभाएका थिए। त्यतिबेला उनले एउटै लुगा धेरै दिनसम्म लगाएका थिए किनकी भिखारीसँग कहाँबाट पैसा होस् र दैनिक लुगा फेरेर लगाउनलाई।

त्यहीँ भएर मिथुनले कैयन दिनसम्म एउटै ड्रेस लगाएर शूटिङ गरे। त्यो ड्रेस मिथुनले कसैलाई धुन पनि दिएका थिएनन् किनकी उनी चाहन्थे कि कपडा फोहोर देखियोस् र उनको भूमिकामा वास्तविकता झल्कियोस्।

फिल्म निर्माता कार्तिकेय तलरेजा त्यसबारे यसो भन्छन् – ‘मिथुनले ती कपडा लगाउन खासै मन त पराउँदैन्थे तैपनि आफ्नो भूमिकाको लागि उनले कहिल्यै पनि नाइनास्ति गरेनन्।’

मिथुनको यहीँ आफ्नो काम प्रतिको लगनशीलताले गर्दा नै बलिउडमा यति सफलता हासिल गर्न सकेका हुन्। मिथुनले आफ्नो अभिनयको सुरूवात फिल्म मृगया (१८७६)बाट गरेका हुन्, यहीँ फिल्मबाट उनलाइ सर्वश्रेष्ठ अभिनेताको लागि पहिलो राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त भएको थियो । उनी खासमा १९८२ को चर्चित चलचित्र डिस्को डान्सरमा स्ट्रिट डान्सर जिमीको भुमिकामा खरो उत्रिएपछि लोकप्रिय भएका हुन् । बलिउडका ३०० भन्दा धेरै चलचित्रमा अभिनय बाहेक उनले बांग्ला सिनेमा, उडिया र भोजपुरीमा पनि अभिनय गरेका छन् । उनको नेट वर्थ लगभग ४० मिलियन बराबर रहेको छ।

प्रकाशित : आइतबार, फागुन ०२, २०७७१९:५३

पर्दामा अत्यन्त सुन्दर देखिने यी ५ अभिनेत्री वास्तविक जीवनमा यस्ता देखिन्छन्, चिन्नै गाह्रो पर्छ !