एकाएक घट्यो दूरी: देउवाले पौडेललाई त्यस्तो के अफर दिए ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा सँगको दूरी घटाउने मनस्थिति बनाएका छन् । समाचार स्रोतका अनुसार आफ्नै खेमाभित्रका नेताहरु डा. शशांक कोइराला, डा . शेखर कोइराला, प्रकाशमान सिंह लगायतले कुनै पनि हालतमा पार्टी सभपतिमा उमेद्वार बन्ने भन्दै अभियान सुरु गरेपछि वरिष्ठ नेता पौडेलले सभापति देउवासँगको दूरी घटाएका हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

पौडेल निकट समाचारस्रोतले भन्यो –‘ आफ्नै खेमा भित्र बाट सभापति पदमा सर्वसम्मत उमेद्वार बन्ने संभावना नरहेको अवस्थामा रामचन्द्र बाले बिकल्प खोज्ने मनस्थिति बनाउनु भएको हो ।’ तीन साता अघि सभापति देउवा पौडेल निवास वालुवाटार पुगेर वरिष्ठ नेता पौडेल सँग करिव दुई घण्टा भेटवार्ता गरेका थिए ।

पुस ५ गतेको घटनालाई लिएर कांग्रेस भित्र प्रकट भइरहेको फरक मतका सन्दर्भमा उक्त भेटवार्ता भएको समाचार बाहिर ल्याइएको थियो । तर बस्तविकता भने आगामी १४ महाधिबशेनको जोड घटाउ नै थियो । पौडेलले महाधिबशेनको मिति भन्दा कम्तिमा ६ महिना अघि आफ्नो खेमाबाट सभापति पदमा उमेदवारी घोषणा गर्ने तयारी गरेका थिए । तर यो तयारीलाई कोइरालाद्धय र प्रकाशमान सिंहले सहयोग नगरेपछि पौडेल निराश भएका थिए । पौडेलको यो निराशालाई नियाली रहेका देउवाले वालुवाटार पुगेर के आश्वसन दिए ? रहस्यमै छ । तर उक्त भेटवार्ता पछि पौडेलले आफ्नो गृहजिल्ला तनहुँका पार्टी सभापतिलाई टेलिफोन गरेर गोविन्द राज जोशीको कारवाही फुकुवाका लागि सिफारिस गर्न निर्देशन दिए । पौडेलको निर्देशन बमोजिम जिल्ला कार्यसमिति तनुहुँले जोशी माथिको कारवाही फुकुवाका लागि केन्द्रलाई अनुरोध गर्ने निर्णय गरिसकेको छ । यता सभापति शेरबहादुर देउवाले पनि कैलाली जिल्ला कार्य समितिका सभापतिलाई फोन गरी पुष्करनाथ ओझा माथिको कारवाही फिर्ताका लागि निर्देशन दिएका छन् । उनको निर्देशन अनुसार जिल्ला कार्यसमितिले ओझाको कारवाही फुकुवाको सिफारिस गर्न भने बाँकी नै छ ।

गत आम निर्वाचनमा पौडेललाई अन्तर्घात गरेको आरोपमा जोशीलाई र देउवा पत्नी आरजुलाई अन्तरघात गरेको आरोपमा ओझालाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी केन्द्रिय अनुशासन समितिले पार्टीबाट निश्काशन गरिसकेको छ । यो निश्काशन पछि देउवा र पौडेल दुवै जना पार्टी भित्र आलोचित भएका छन् । पूर्वपञ्चहरुलाई धमाधम पार्टीमा भित्र्याएर पदाधिकारी बनाउने तर ५० औं वर्षदेखि पार्टीमा काम गरेका नेताहरुलाई अन्याय गर्ने , अन्यायको प्रतिकार गरेवापत पार्टीबाट निश्काशन गर्ने भन्दै देउवा र पौडेल माथि आलोचना भएको थियो । तर यही आलोचनाले मात्रै जोशी र ओझा माथिको कारवाही फुकुवा गर्न देउवा र पौडेलबीच सहमति भएको होइन । देउवालाई पनि आफ्नै खेमाभित्रका नेता एवं उपसभापति विमलेन्द्र निधिले चुनौती दिइसकेका छन् । आगामी १४ औं महाधिबशेनमा कुनै पनि हलातमा सभापति पदमा उमेदवार हुने घोषणा गरेका निधि यतिबेला तराईका जिल्लाको दौडाहमा छन् । आँफू सभापतिको उमेदवार नभएको अवस्थामा पौडेलले निधिलाई साथ दिए भन सभापति देउवाका लागि धेरै नै उकालो पर्ने संभावना छ । यही संभावनालाई ख्याल गर्दै देउवाले पौडेल सँगको दुरी घटाउने प्रयास गरेको हुनसक्ने समाचार स्रोतको दावी छ ।

संस्थापन इतर पक्षबाट आँफूलाई सर्वसम्मत उमेदवार नबनाइएको अवस्थामा पौडेलले निधि र देउवामध्ये एकजनालाई साथ दिन सक्ने विश्लेषण एक थरीको छ । यसैगरी निधिले ठुलै चुनौती दिने संकेत देखिएको अवस्थामा देउवाले पनि आँफू पछि हटेर पौडेललाई अघि सार्ने संभावना पनि राजनीतिक विश्लेषकहरुले औंल्याएका छ
संस्थापन इतर पक्षबाट आँफूलाई सर्वसम्मत उमेदवार नबनाइएको अवस्थामा पौडेलले निधि र देउवामध्ये एकजनालाई साथ दिन सक्ने विश्लेषण एक थरीको छ । यसैगरी निधिले ठुलै चुनौती दिने संकेत देखिएको अवस्थामा देउवाले पनि आँफू पछि हटेर पौडेललाई अघि सार्ने संभावना पनि राजनीतिक विश्लेषकहरुले औंल्याएका छन् । देउवा र पौडेलबीच पारिवारिक स्वार्थले पनि गठजोड गराउने संभावना त्यतिकै छ । करिव ८० वर्ष उमेर पुग्नै लागेका देउवा र पौडेल आफ्नो परिवार भित्रैबाट उत्तराधिकारी बनाउने अभियानमा छन् । देउवा आफ्नी श्रीमती आरजु राणालाई उत्तराधिकारी बनाउने प्रयासमा छन् । २०६४ र २०७० सालमा समाुनपातिक सांसद रहिसकेकाी आरजु राणा गत आम निर्वाचनमा भने पराजित भएकी थिइन । आँफू पछि हट्नु परेको अवस्थामा श्रीमती आरजुलाई पदाधिकारीमा निर्वाचित गराएरै छाड्ने अभियान देउवाको छ । यसैगरी वरिष्ठ नेता पौडेल पनि आफ्ना छोरा चिन्तनलाई केन््िरय समितिमा पु¥याउन चाहन्छन् । राजनीतिक नियुत्तिका सामान्य पद बाहेक चिन्तनले पार्टी भित्र अहिलेसम्म खास भुमिका पाउन सकेका छैनन् । ठूलै सहमति विना छोरा चिन्तनलाई केन्द्रिय समितिमा पु¥याउन र आगामी आम निर्वाचमा टिकट दिलाउन पौडेललाई सजिलो छैन । यसका लागि पनि पौडेलले देउवाको साथ सहयोग भरपर्दो ठानेका हुनसक्छन् ।

यसैगरी सत्तारुढ नेकपाको विभाजन पछि कम्तिमा आगामी भदौसम्म कांग्रेसको १४ औं महाधिबेशन नहुने संभावना बढेको छ । यस वीचमा देउवा प्रधानमन्त्री भइसक्ने संभावना समेत बढेको छ । यो संभावना बढेसँगै पार्टी भित्र देउवा एकाएक बलियो बनेका छन् । यो संभावनालाई पनि पौडेलले नजिकबाट नियाली रहेको उनी निकटस्थहरु बताउँछन् । प्रधानमन्त्री बनेर महाधिबशेनमा होमिए भने देउवालाई पराजित गर्ने ताकत कांग्रेस भित्रका कुनै पनि नेताले राख्दैनन् ।

प्रकाशित : सोमबार, फागुन ०३, २०७७०७:४७

‘धारा, ७४ मात्र देखाएर विघटन गर्न पाइदैन’